बाँके युनेस्को क्लबद्धारा विपन्न युवा महिलालाई व्यवसायमा लगाउन परियोजना सञ्चालन

  ।   २०७७ चैत्र ३१, मंगलवार १७:५८

समाचारदाता
नेपालगञ्ज । बाँके जिल्लामा रहेका अतिनै विपन्न तथा गरिब युवा महिलालाई विभिन्न व्यापार र व्यवसायमा लगाउने उदेश्यले बाँके युनेस्को क्लबले व्यवसाय योजना निर्माण तालिम शुरु गरेको छ ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको युवा रोजगार तथा उद्यमशिलता परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरका १० जना युवा महिलाका लागि सो पाँच दिने तालिम मंगलवारबाट यहाँ शुरु गरिएको छ ।

एक ककार्यक्रमका विच तालिमको शुभारम्भ बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले तालिममा आफुले गर्न खोजेको व्यवसायको योजना बनाएर सोही बमोजिम व्यवसाय गरेर आर्थिक रुपमा सुदृढ भे देखाउने बेला आएको बताउनुभयो ।

विपन्न तथा बेरोजगार युवा महिलाको छनोट गरेर यो तालिम दिई तयार पारेको व्यवसाय योजना कार्यान्वयनका लागि सामाग्री प्रदान गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा बोल्दै तालिमका प्रशिक्षक राज बहादुर चौधरीले पाँच दिनपछि हरेक सहभागिका हातमा व्यवसाय गर्ने योजना हुने जनाउँदै सोही अनुसार उनिहरुले व्यवसाय गर्न सहयोग पाउने बताउनुभयो ।

क्लबका कार्यक्रम संयोजक अनुप बर्माले युवा रोजगार तथा उद्यमशिलता परियोजनाका बारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

तालिम शुभारम्भको अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरको पनि उपस्थिति रहेको थियो ।
सो परियोजना अन्तर्गत बाँकेको नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा, जानकी र बैजनाथ गाउँपालिकाका अतिविपन्न सय जना युवा महिलालाई व्यवसायी बनाइने छ ।

ती महिलाहरुले व्यवसाय शुरु गरेपछि बचतका लागि सहकारीहरुसंग पनि उनिहरुलाई आवद्ध गराइने योजना रहेको क्लबले जनाएको छ ।

Next Post

नेपाली बजारमा नियम विपरितका भारतीय ढक

२०७७ चैत्र ३१, मंगलवार १७:५८
प्रेम विश्वकर्मा, नेपालगंज । नेपाल सरकारको स्टाण्डर्ड नाप तौल ऐन २०२५ र नियमावली २०२७ बमोजिम उद्योगी, ब्यापारीले लिटर, मिटर, ढक, तराजु अनिवार्य जाँच गराउनु पर्छ । आम उपभोक्तालाई ठगिनबाट जोगाउनकै लागी सामान्य ब्यापारीले २ बर्षमा १ पटक र ठुला उद्योगी ब्यापारीले बर्षमा १ पटक जाँच गराउनु पर्ने ब्यवस्था भएपनि धेरै जनाले […]