महेन्द्रनगर प्रहरीद्वारा स्पामा छापा

  ।   २०८० आश्विन २२, सोमबार २१:१८

महेन्द्रनगर ।  २०८० असाेज २१ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कमल थापाको कमाण्डमा खटिगएको प्रहरी टोलीले महेन्द्रनगर बजारमा संचालित विभिन्न मसाज सेन्टरहरुमा  चेकजाँच गरेकाे छ ।

प्रहरी टोलीले छापामार शैलीमा चेकजाँच गर्दा भीमदत्त न.पा ५ मा रहेको कोहिनुर र सोही स्थानमा रहेको ग्ल्यामर मसाज सेन्टरमा महिला पुरूषहरू अनैतिक किसिमका कार्यहरु गरिरहेको पाइएको थियाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त कार्यमा संलग्न ८ जना भारतीय नागरिकसहित जम्मा  १७ जना महिला पुरुषलाई नियत्रणमा लिइ थप अनुसन्धान कार्य गरिरहेको जानकारी दिएकाे छ  ।

Next Post

राउटे समुदायमा पहिलो पटक कचहरी

२०८० आश्विन २२, सोमबार २१:१८
नेपालगन्ज । डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नम्बर १२ का मनरुपा राउटेले राउटे समुदायमा पहिलो पटक कचहरी नाटक प्रर्दशन गरिएको बताउनु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा शुक्रबार आयोजित बाल विवाह न्यूनीकरण र खोप सचेतना सम्बन्धी कचहरी नाटक अवलोकन पछी बोल्दै स्वयम् सेविका समेत रहनु भएको मनरुपाले यस्तो […]

सम्बन्धित शीर्षक