राउटे समुदायमा पहिलो पटक कचहरी

  ।   २०८० आश्विन २२, सोमबार २२:२८

नेपालगन्ज । डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नम्बर १२ का मनरुपा राउटेले राउटे समुदायमा पहिलो पटक कचहरी नाटक प्रर्दशन गरिएको बताउनु भएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा शुक्रबार आयोजित बाल विवाह न्यूनीकरण र खोप सचेतना सम्बन्धी कचहरी नाटक अवलोकन पछी बोल्दै स्वयम् सेविका समेत रहनु भएको मनरुपाले यस्तो बताउनु भयो । राउटे समुदायमा सानै उमेरमा विवाह गर्ने र खोप समेत समयमा नलाउने गरेको बताउदै कचहरी नाटकले सबैलाई सचेतना जगाएको बताउनु भयो ।

यसैगरी कचहरी नाटक अवलोकन गर्नु भएको स्थानीय सुमन राउटेले वाल विवाह र खोप नलगाउने बालवालिकामा पर्ने असरका बारेमा कचहरीले स्पष्ट गरेको जनाउदै नाटक हेरेर बाल विवाह गर्नुहुदैन भन्ने सोच पलाएको बताउनु भयो । उहाँले समुदायमा वाल विवाह र खोप सचेतनाका बिषयमा अन्य व्यक्तिहरुलाई समेत जानकारी गराउने बताउनु भयो । नेपाल राउटे विकास संघ केन्द्रीय कार्यालय परशुराम नगरपालिका वडा नम्बर १२ आमपानीको प्रांगणमा भएको कचहरी नाटकलाई राउटे समुदायका दुईसय पचास बढीले अभिरुचिका साथ हेरेका थिए । नाटकले दिन खोजेको सन्देस स्पष्ट रहेको भन्दै उनीहरुले राउटे समुदायलाई मात्रै लक्षित गरेर अन्य सचेतना मुलक कार्यक्रम समेत सञ्चालन गर्न अनुरोध गरेका थिए ।

यसैगरी परशुराम नगरपालिकाको बसपार्कमा समेत कचहरी नाटक प्रर्दशन गरीएको थियो । परशुरामबाट विभिन्न स्थानमा जाने यात्रुहरु, बिद्यालयका बिद्यार्थी तथा स्थानीय ब्यापारी र आम नागरिकहरुले उक्त कचहरी नाटक अवलोकन गरेका थिए । नाटकमा बास नेपालका कलाकारहरु लोक बहादुर घर्ती, माधब कार्की, शितल बिक, नरेश रावल, सुन्दरी कार्की, लक्ष्मण डांगी, गौरी खडायत, रम्भा कामी, दिपा अवस्थीले अभिनय गरेका थिए ।

 

Next Post

जाजरकोट जुनिचाँदेका पुर्व अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

२०८० आश्विन २२, सोमबार २२:२८
नेपालगन्ज । जुनिचाँदे गाउँपालिकाका पुर्व अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनु भएको छ । सोमबार विशेष अदालतले गाउँपालिकाका पुर्व अध्यक्ष कृष्णबहादुर केसीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले भन्नू भयो, ‘उहाँ सम्बन्धित दुईवटा मुद्दा विचाराधीन थिए। जसमध्ये एउटामा सफाइ र अर्कोमा दोषी ठहर हुनुभएको छ। दुई […]