बङ्गलादेशसँगको अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित

  ।   २०७८ श्रावण २६, मंगलवार ०६:३६


काठमाण्डौ । बङ्गलादेशसँगको पाँचौँ तथा अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित भएको छ । घरेलु टोली बङ्गलादेशले अस्ट्रेलियालाई ६२ रनमा अल आउट गर्दै श्रृङ्खला ४–१ ले जितेको हो । जितको लागि १ सय २३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १३ ओभर ४ बलमा ६२ रनमा अल आउट भयो ।

टी–ट्वान्टीमा अस्ट्रेलियाको यो सबैभन्दा कम रन हो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले सर्वाधिक २२ तथा बेन म्याकडेरमोटले १७ रन जोडे । अरु खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बङ्गलादेशका शकिव अल हसनले ४ विकेट लिए । उनी टी–ट्वान्टीमा एक सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् ।

ढाकामा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । बङ्गलादेशका मोहम्मद नइमले सर्वाधिक २३ रन बनाए । अस्ट्रेलिया नाथन एलिस र ड्यानियल क्रिष्टियनले २/२ विकेट लिए । एस्टन टर्नर, एस्टन अगर र एडम जाम्पाले १/१ विकेट लिए ।

Next Post

इरानका राष्ट्रपति रायसी र फ्रान्सेली समकक्षी म्याक्रोँबीच फोनवार्ता

२०७८ श्रावण २६, मंगलवार ०६:३६
काठमाण्डौ । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसी र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँबीच फोनवार्ता भएको छ। एक घण्टा लामो फोनवार्तामा उहाँहरुबीच आणविक सम्झौता र इरानमाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको छ । म्याक्रोँले इरानलाई विलम्ब नगरि आणविक सम्झौता उल्लङ्घनका घटना रोक्न आग्रह गर्नुभएको एएफपीले जनाएको छ । जवाफमा रायसीले भविष्यमा […]

सम्बन्धित समाचार