इरानका राष्ट्रपति रायसी र फ्रान्सेली समकक्षी म्याक्रोँबीच फोनवार्ता

  ।   २०७८ श्रावण २६, मंगलवार ०६:५३

काठमाण्डौ । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसी र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँबीच फोनवार्ता भएको छ। एक घण्टा लामो फोनवार्तामा उहाँहरुबीच आणविक सम्झौता र इरानमाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको छ ।

म्याक्रोँले इरानलाई विलम्ब नगरि आणविक सम्झौता उल्लङ्घनका घटना रोक्न आग्रह गर्नुभएको एएफपीले जनाएको छ । जवाफमा रायसीले भविष्यमा हुने कुनै पनि वार्ताले इरानको राष्ट्रिय हित सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूसँग गरेको आणविक सम्झौतामा इरानले आणविक मोहलाई त्याग्ने र बदलामा अमेरिका लगायतका युरोपेली देशले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध अन्त्य गर्ने सहमति भएको थियो । तर आणविक सम्झौता अमेरिकाको पक्षमा नभएको भन्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्न नसक्ने बताउनुभएको थियो ।

अमेरिका सम्झौताबाट फिर्ता भएको थियो भने इरानले पनि आणविक सम्झौतामा गरिएका प्रतिबद्धतालाई क्रमशः तोड्दै गएको थियो।

Next Post

दुबई जान ठिक्क परेका यात्रु उड्न पाएनन्, उडान रोकिएको सूचना अन्तिम समयमा जारी

२०७८ श्रावण २६, मंगलवार ०६:५३
काठमाडौं । हिमालय एयरलाइन्सले अन्तिम समयमा दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन् । दुबई उड्नका लागि यात्रुहरु विमानस्थल पुगिसकेको अवस्थामा एयरलाइन्सले उडान नहुने सूचना टाँसेको थियो । उक्त सूचनामा दुबईले रोकेका कारण उडान नहुने व्यहोरा उल्लेख छ । यसअघि कोरोना भाइरस संक्रमणका कारण […]