दुबई जान ठिक्क परेका यात्रु उड्न पाएनन्, उडान रोकिएको सूचना अन्तिम समयमा जारी

  ।   २०७८ श्रावण २६, मंगलवार ०७:०४


काठमाडौं । हिमालय एयरलाइन्सले अन्तिम समयमा दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन् ।

दुबई उड्नका लागि यात्रुहरु विमानस्थल पुगिसकेको अवस्थामा एयरलाइन्सले उडान नहुने सूचना टाँसेको थियो । उक्त सूचनामा दुबईले रोकेका कारण उडान नहुने व्यहोरा उल्लेख छ ।

यसअघि कोरोना भाइरस संक्रमणका कारण दुबईले नेपालबाट हुने उडान रोकेको थियो । तर गत हप्ता युएईस्थित नेपाली दूतावासले आइतबारदेखि नेपालका लागि उडान खुल्ला भएको सूचना प्रकाशित गरेको थियो । सोही अनुसार सोमबार राति साढे ११ बजे हुने उडानका लागि एयरलाइन्सले टिकट बिक्री गरेको थियो ।

रातिको उडानका लागि ‘चेक इन’ भइरहेको स्टाटस विमानस्थलमा राखिएको डिस्प्ले बोर्डमा देखिन्थ्यो । तर अन्तिम समयमा युएइले नेपालबाट हुने उडानमा रोक लगाएकाले विमान नउड्ने जानकारीसहितको सूचना एयरलाइन्सले यात्रु प्रवेश गर्ने मुख्य ढोकामा टाँसेको थियो । -Onlinekhabar

Next Post

बिहीबारदेखि पुनः देशभर मनसुन सक्रिय हुने

२०७८ श्रावण २६, मंगलवार ०७:०४
काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका अधिकांश भूभागमा सामान्यदेखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, […]