कर्णाली : दशैँको बेला सडक दुर्घटनामा ३७ जनाको ज्यान गयो, ११ ले आत्महत्या गरे

  ।   २०७८ कार्तिक १, सोमबार ०७:५०

काठमाण्डौ । दशैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सडक दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को ज्यान गएको जनाएको छ ।

यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको ज्यान जानुका साथै १३ जना घाइते भएका थिए । यो दुर्घटनामा ज्यान गुमाउनेमध्ये छायाँनाथ रारा नगरपालिकाका मात्रै २९ जना थिए । त्यस दुर्घटनाले नगरपालिका पूरै शोकमा डुब्यो ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीन जनाको ज्यान जानुका साथै २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको ज्यान गयो । यस्तै दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् । मुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एकरएक सवारी दुर्घटना भए । प्रदेशमा दशैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ । रासस

Next Post

साफको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदै

२०७८ कार्तिक १, सोमबार ०७:५०
काठमाण्डौ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कनेरनफर्कने विषयमा निर्णय गर्ने बताएका […]