मानव बेचबिखन रोकथामकालागि स्थानीय तहबीच समन्वयमा जोड

  ।   २०८२ मंसिर २, मंगलवार १७:०३

नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुबन नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ । “सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला आयोजना गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, वडा अध्यक्षहरू मेकबहादुर गुरुङ, राजेन्द्र हमाल र हर्कबहादुर बस्नेत लगायत महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ तथा अन्य स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण केशवराज कोइरालाले गर्नुभयो भने सञ्चालन परियोजना संयोजक ईश्वर बि.केले गर्नुभयो । बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर सबित्रा भाटले कार्यक्रममा महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय सहयोग पु¥याउनुभएको थियो ।

कार्यशालाले सहभागीहरूलाई चिन्तन, छलफल र संयुक्त योजना निर्माणका लागि प्रभावकारी वातावरण प्रदान गरेको थियो । त्यसको मुख्य उद्देश्य मधुबन क्षेत्रमा मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहबीच समन्वय सुदृढ गर्नु, प्रभावकारी रणनीतिक योजना निर्माण गर्नु र समुदायस्तरमा सुरक्षा तथा संरक्षण प्रणालीलाई मजबुत बनाउनु रहेको थियो । कार्यशालाको निष्कर्षमा सहभागीहरूले व्यावहारिक कार्ययोजना तयार गरेको, हस्तक्षेपका प्राथमिकता क्षेत्रहरू पहिचान गरेकोे र मानव बेचबिखन विरुद्ध एकीकृत तथा निरन्तर प्रयास गर्ने साझा प्रतिवद्धता पनि व्यक्त गरेको जनाईएको छ ।

आयोजकका अनुसार, यो कार्यशालाले मधुबनमा सुरक्षित, सचेत र दिगो रूपमा सक्षम समुदाय निर्माणतर्फ महत्वपूर्ण कदमको रूपमा काम गरेको छ ।

Next Post

किशोरी तथा युवाहरूलाई जलवायु परिवर्तन र विपद् सम्बन्धी तालिम प्रदान

२०८२ मंसिर २, मंगलवार १७:०३
सम्बाददाता नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य किशोरी तथा युवाहरूको जलवायु परिवर्तन र विपद् […]