किशोरी तथा युवाहरूलाई जलवायु परिवर्तन र विपद् सम्बन्धी तालिम प्रदान

  ।   २०८२ मंसिर ८, सोमबार २०:४९

सम्बाददाता

नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।

क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य किशोरी तथा युवाहरूको जलवायु परिवर्तन र विपद् सम्बन्धी ज्ञान, नेतृत्व क्षमता र स्थानीय स्तरमा कार्यान्वयन क्षमतामा वृद्धि गर्नु रहेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँका अनुसार दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनका आधारभूत अवधारणा, कारण तथा स्थानीय प्रभाव,अनुकूलन र न्युनिकरणका व्यावहारिक उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

तालिमका सहभागीहरूले आफ्नो समुदायमा देखापर्ने जलवायु तथा विपद् सम्बन्धी समस्याहरूका बारेमा खुला रूपमा छलफल गरेको तथा समाधानका सम्भावित उपायहरूका बारेमा पनि गम्भीर भएर विचारविमर्श गरेको क्लबले जनाएको छ ।    तालिमका प्रमुख प्रशिक्षक मुकुन्द अर्याल रहनु भएको थियो भने उहाँले सहभागिहरुलाई दिनु भएको तकनीकी मार्गदर्शन, सहभागीमूलक सिकाइ पद्दति र प्रस्तुतीकरण शैली अतिनै प्रभावकारी रहेको थियो । सो तालिममा किशोरी क्लव तथा युवा क्लवका २४ जना सदस्यको सक्रिय सहभागिता रहेको थियो । आयोजकका अनुसार, तालिमले सहभागीहरूलाई समुदायमा जलवायु परिवर्तन र विपद् व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक ज्ञान, सोच र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

Next Post

बर्दिया मधुवनमा व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

२०८२ मंसिर ८, सोमबार २०:४९
सम्बाददाता नेपालगन्ज । बाँके युनेस्को क्लबले मधुवन–१, बर्दियामा सञ्चालन गरेको पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न भएको छ । क्लबले प्लान नेपालसंगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १५÷१५ गरी ३० जना सहभागीहरूले हरित व्यापार […]