जुम्ला । इन्जिएर एण्ड नर्स रिभोलुस्नरि सोसाइटी” ग्रुपद्वारा “दृस्टीविहिन दम्पति”लाई ७० हजार २ सय रुपैया हस्तान्तरण गरिएको छ । सहयोग गर्नका लागि साउन १७ गते देखि ३२ गते सम्म संकलित सो रकम हस्तान्तरण गरेको हो ।
बिकट जिल्ला जुम्लाका दृस्टिबिहिन जोडिलाई राहत स्वरुप ग्रुपले दृस्टिबिहिन मनबहादुर कुवरको खातामा रकम अनलाइन मार्फत ट्रान्सर्फर गरेको छ । सामाजिक संजालमा अन्तरजातीय बिवाहा गरि नमुना पेस गरेका असहाय दृस्टीबिहिन दम्पतीको समाचार बाहिरिए पछि ग्रुपका साथीहरु बीच छलफल गरि अभियान चलाएको एड्मिन ई. नवीन जैसिले बताउनु भयो । छोटै समय भएपनि कोभिड महामारीको बेला साथिहरुको उत्साहजनक सक्रियताले सहयोग संकलन गर्न सफल भएको एड्मिन ई. विरेन रावलको भनाइ छ । यसैगरी इ. सागर न्यौपानेका अनुसार ग्रुपका प्रतिनिधि र जिल्ला स्थित सरोकारवालाहरुको संयुक्त उपस्थितिमा सो रकम हस्तान्तरण गर्ने योजना थियो तर जुम्लामा पनि कोभिड- १९ को संकट त्यत्तिकै रहेका कारण निशेधज्ञा जारि रहेका बेला ग्रुपका सबै जना उपस्थिति हुन नसक्ने भएपछि मानबहादुर कुंवरको खातामा रकम अनलाइन मार्फत ट्रान्सफर गरिएको छ ।
समाजमा असामान्य जीवन जिइरहेका असहायलाई यसरी ग्रुपद्वारा अभियान चलाई सहयोग गर्न पाउँदा आफुहरु अत्यन्तै खुसि भएको एड्मिन ई. अद्दितिय सुवेदिले खुशी हुँदै आफ्ना कुरा राख्नु भयो । “हाम्रो ग्रुपले आफ्ना ग्रुपका सदस्यहरूबाट नाम, ठेगाना र रक्त समूह संकलन गरि आवश्यक परेको स्थानमा सहजिकरण गरेर सहयोग पनि गर्दै आएका छौँ ।” नर्स श्रीजना वलि भन्नुभयो । एडमिन नर्स स्वइच्छा तुलाधरले भन्नुभयो,” हाम्रो सहयोग संकलन अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने र फेसबुककै माध्यमबाट एड्मिनहरुलाई विश्वास गरि सहयोग गर्ने सम्पुर्ण सहयोगि मनहरुलाई धन्यवाद तथा आभार ब्यक्त गर्द छु ।” यसरी समस्यामा जीवन गुजारा गरिरहेका अति विपन्न बर्गका मानिसहरुलाइ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै एड्मिन इ. जैशीले आगामी दिनहरुमा यस्ता आभियानमा साथ र समर्थनका लागि आग्रह गर्दै सहयोगी मनहरुलाइ पुनः आभार व्यक्त गर्नुभयो ।