सल्यान  कालिमाटी -६ मा सञ्चारकाे पहुँच, स्थानीय खुसी

  ।   २०८० कार्तिक २२, बुधबार २१:३५

सान्ति सुनार

बाँके । सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ६ मा निर्माण गरिएको  नमस्ते (एनटिसी) को  टावर  सञ्चालनमा आएकाे छ । लामाे समयकाे प्रयासपछि वडा नम्बर ६ मा टावर सञ्चालनमा आएकाे हाे ।

उक्त क्षेत्रमा बर्षौदेखि सञ्चारको पहुँच पुग्न सकेकाे थिएन । त्यस क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गरेर टावर सञ्चालनमा ल्याइएकाे सम्बन्धित निकाएले जनाएको छ । टावर सञ्चालन भएसँगै  गाउँपालिकाका वडा नम्बर ५,६, ७  र सुर्खेत जिल्लाको केही स्थानका जनताहरुलाई सहज हुने  वडा नम्बर ६  का वडाअध्यक्ष टेकराज पुलामीले बताउनुभयो ।

विधुतको पहुँच नपुगेकाले सोलरबाट टावर सञ्चालन हुने  उहाँले बताउनुभयो ।  उक्त टावर निर्माणमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत र प्रधानमन्त्री पुष्पकमल दाहालका  स्वकीय सचिव रमेश मल्लकाे महत्त्वपूर्ण भुमिका रहेकाे अध्यक्ष पुलामीको भनाइ छ ।

टावर उद्घाटन कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख  असबिर बुढाथाेकीले वडामा सञ्चारकाे पहुँच पुग्नु खुसीकाे कुरा भएकाे बताउनु भएकाे थियाे । कायर्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका उहाँले सञ्चार क्षेत्रकाे पहुँच विस्तारले धेरै सहज हुने बताउनु भयाे ।

कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले गाउँपालिकाका विभिन्न वडामा सञ्चारकाे विकास हुनु राम्रो काम भएकाे बताउनुभयो । उहाँका अनुसार सञ्चार क्षेत्रकाे विकास हुनु वडा विकासकाे आधार हाे । उक्त कार्यक्रममा विभिन्न सराेकारवालाहरूकाे सहभागिता रहेकाे थियाे ।

Next Post

मानवता बाँकेद्वारा भुकम्प प्रभावितलाई भोजनको व्यवस्था

२०८० कार्तिक २२, बुधबार २१:३५
नेपालगन्ज । छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको मानवता नेपाल बाँकेले गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा भुकम्पमा परी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बिरामी र उनका कुरुवाहरुलाई खाना नास्ताको व्यवस्था गरेको छ । मानवता नेपाल बाँकेका कार्यसमिति सदस्यहरुले थोरै थोरै आर्थिक उठाएर बुधबार भेरी अस्पतालमा निशुल्क खानाको […]