नरैनापुर गाँउपालिकाको १३औँ गाउँ सभा सम्पन्न

  ।   २०८० असार १०, आईतवार २१:०२

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाको १३औँ गाउँ सभा आइतबार सम्पन्न भएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरूसँग सावधान रहन जनप्रनिधिहरुलाई आग्रह गरे । उनले आफूले सधैँ सबैको विकास र उन्नतिको लागि पार्टी भन्दा माथि भएर राजनीति गरीरहेको बताउँदै विकासमा राजनीति गर्न नहुने बताए ।  प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री कृष्णा केसी नमुनाले नरैनापुर गाउँपालिकासँग सहकार्य गरेर यहाँको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।          सभामा नरैनापुर गााउँपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक विकास र कृषिलाई प्राथमिकतामा राखेर आ.ब. ०८०/०८१ को अनुमानित बजेट प्रस्तुत गरेको छ ।            वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि कूल ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरे ।  स्थानीय संचित कोषबाट खर्चहुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि ५ करोड ७० लाख विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि ३ करोड ३० लाख, पूर्वाधार बिकास क्षेत्रका लागि १० करोड, सामाजिक बिकास क्षेत्रका लागि २० करोड, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ५ करोड तथा संघ र प्रदेश सरकारबाट प्राप्त विभिन्न योजनाका लागि समपूरक कोष रु २ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

Next Post

आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

२०८० असार १०, आईतवार २१:०२
संवाददाता । यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । ४६ दिने प्रतियोगिताका लागि १० […]