आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

  ।   २०८० असार १२, मंगलवार १३:५५

संवाददाता ।

यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । ४६ दिने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ । यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन् ।

बाँकी दुई टोली को–को हुनेछन् भनेर छनोट खेल हुँदैछ । छनोट चरणको खेल जुलाई ९ मा सम्पन्न हुनेछ, त्यसपछि बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ । यो विश्वकप राउण्ड रोबिनको आधारमा खेलाइनेछ । सबै टोलीले एकअर्कासँग खेल खेल्नेछन् ।

त्यसपछि शीर्ष चार टोलीले नकआउट चरण र सेमिफाइनलका लागि छनोट हुनेछन् । विश्वकपका लागि छनोट भएका १० सहरमा हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई र कोलकाता रहेका छन् ।

प्रमुख खेलहरू

१३ अक्टोबर – अष्ट्रेलिया र दक्षिण अफ्रिका – लखनऊ

अक्टोबर १५ – भारत र पाकिस्तान – अहमदाबाद

अक्टोबर २० – पाकिस्तान र अष्ट्रेलिया – बैंगलोर

अक्टोबर २१ – इङ्गल्याण्ड र दक्षिण अफ्रिका – मुम्बई

२२ अक्टोबर – भारत र न्यूजील्याण्ड – धर्मशाला

२९ अक्टोबर – भारत र इंग्ल्याण्ड – लखनउ

४ नोभेम्बर – अष्ट्रेलिया र इङ्गल्याण्ड – अहमदाबाद

नोभेम्बर १२ – पाकिस्तान र इंग्ल्याण्ड – कोलकाता

पहिलो सेमिफाइनल – १५ नोभेम्बर – मुम्बई

दोस्रो सेमिफाइनल – ज्ञट नोभेम्बर – कोलकाता

फाइल– नोभेम्बर १९– अहमदाबाद

रातोपाटीबाट

Next Post

चुनावी बाचा पूरा गर्दै नमुना

२०८० असार १२, मंगलवार १३:५५
नेपालगन्ज । निर्वाचन क्षेत्रको विकास कसरी गर्नुपर्छ भन्ने कुरा कसैले सिक्नुछ भने लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई हेरे पुग्छ । सांसद निर्वाचन भएर सपथ ग्रहण नगर्दै निर्वाचन क्षेत्रको विकासका प्रदेश र संघीय सरकारसँग योजना ल्याएर आएकी नमुनाले आगामी आर्थि वर्ष ०८०/८१ का लागि विनियोजन गरेको देख्दा […]