राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, डिजाइनकर्ताले पाए एक लाख रुपैंया पुरस्कार, ओमान भ्रमणमा जर्सी लगाइने

  ।   २०७८ भाद्र ८, मंगलवार ०७:१७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गर्नुभएको हो ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र एमएसटी संस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक गरे । खुल्ला प्रतिस्पर्धाबाट क्यानले नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो । नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् ।

करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो । पोखरेलले पुरस्कार स्वरूप नगद १ लाख हात पारे । क्यानले नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन गरेको थियो । समितिमा क्यानका केन्द्रिय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकबाट एक सदस्य रहेका थिए ।

नेपाली टोलीले नयाँ जर्सी ओमान भ्रमण दौरान प्रयोग गर्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जादैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय नेपाली टिम भोली त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।

Next Post

एक हप्ताभित्र सेना फिर्ता गर्न अमेरिकालाई तालिवानले दियो अल्टिमेटम

२०७८ भाद्र ८, मंगलवार ०७:१७
एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालीवानी समूहले महाशक्ति राष्ट्र अमेरिकालाई एक हप्ताभित्र सेना फिर्ता नलगे गम्भीर परिणाम भोग्न तयार रहन भनेको छ । त्यहाँ बाँकी रहेका अमेरिकी सेना धमाधम फर्किरहेको बेला तालीवानी समुहका प्रवक्ता सोहेल शाहीनले एक विज्ञप्तिमार्फत अमेरिकी सेना फिर्ताका लागि आगामी भदौ १५ गतेसम्मको समयसीमा तोकिदिएका छन् […]