साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन

  ।   २०७७ आश्विन ८, बिहीबार ०६:५०

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ ।

महासंघले हिजो बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरुसित छलफल गरेपछि साफ च्याम्पियनसिप अन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ ।

अब सन् २०२० मा तय भएका कुनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् । महासंघले सन् २०२० मा पुरुष यू–१८ र यू–१६ तथा महिलाको यू–१५ प्रतियोगिता आयोजना गर्ने यसअघि तालिका सार्वजनिक गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारण ती सबै प्रतियोगिता सञ्चालन गर्न नसकिने महासंघले जनाएको छ । महासंघले गएको जुन महिनामा सेप्टेम्बरसम्मको अवस्था हेर्ने र त्यसपछि प्रतियोगिताबारे निर्णय गर्ने जनाएको थियो ।

कोरोना महामारीको अवस्थामा खासै केही परिवर्तन नभएको भन्दै महासंघ यस वर्ष तय गरिएका तीनवटै प्रतियोगिता स्थगन गर्ने निर्णयमा पुगेको हो । रासस

Next Post

तोकेभन्दा बढी परीक्षण शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न मन्त्रालयको निर्देशन

२०७७ आश्विन ८, बिहीबार ०६:५०
काठमाडौं । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल र प्रयोगशालाहरूले बढी शुल्क लिएको गुनासो आएकाले सम्बन्धित निकायलाई अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको जानकारी गराउनु भएको हो । पिसिआर परीक्षणको अनुमति र अनुगमन गर्ने जिम्मा भनेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हो । अहिले देशभर ४९ वटा प्रयोगशालाहरूले पिसिआर परीक्षण गर्दै आएका […]

सम्बन्धित समाचार