तोकेभन्दा बढी परीक्षण शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न मन्त्रालयको निर्देशन

  ।   २०७७ आश्विन ८, बिहीबार ०६:५४

काठमाडौं । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल र प्रयोगशालाहरूले बढी शुल्क लिएको गुनासो आएकाले सम्बन्धित निकायलाई अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको जानकारी गराउनु भएको हो । पिसिआर परीक्षणको अनुमति र अनुगमन गर्ने जिम्मा भनेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हो ।

अहिले देशभर ४९ वटा प्रयोगशालाहरूले पिसिआर परीक्षण गर्दै आएका छन् । तीमध्ये केही प्रयोगशालाहरूले सरकारले तोकेभन्दा बढी शुल्क लिइएको पाइएपछि मन्त्रालयले ती प्रयोगशालाहरूको अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सबै प्रयोगशालाहरूलाई पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने भनेको छ ।

Next Post

बाँके जिल्लाबाट आज थप १९ जना कोरोना जितेर घर फर्किदै

२०७७ आश्विन ८, बिहीबार ०६:५४
बाँके । बाँके जिल्लाबाट आज (बिहीबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका १९ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ४ जना महिला र १५ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक […]