उद्योग बाणिज्य महासंघको अधिवेशन मंसिर ११ देखि- उद्घाटन भर्चुअल, निर्वाचन तीन ठाउँबाट

  ।   २०७७ आश्विन ३०, शुक्रबार ०८:४९

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारण सभा र निर्वाचन हुने महासंघले जनाएको छ।

उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुनेछ। उद्घाटन कार्यक्रम भर्चुअल अनलाइनबाट हुने महासंघको भनाइ छ।

यस्तै १२ गते बन्द सत्र हुनेछ।

उयपजबचब लययमभिकबलष्mबदष्मज बिद
१३ गते निर्वाचन हुने महासंघले जनाएको छ। त्यसका लागि तीन ठाउँ तोकिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुनेछ।

महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूको निर्वाचन हुन लागेको हो।

कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ। सेतोपाटी

Next Post

बैतडीमा दशैं तिहार लक्षित लकडाउन

२०७७ आश्विन ३०, शुक्रबार ०८:४९
बैतडी । चाडपर्वका बेला भिडभाड बढेर कोराना संक्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आंशिक लकडाउन गर्ने जनाएको हो। दशैं तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व तथा सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले […]

सम्बन्धित शीर्षक