मानवबेचविखन रोक्न सीमानामा कडाईका साथै रोजगारी सृजना गर्नु पर्नेमा जोड

  ।   २०८१ भाद्र ८, शनिबार १४:५८

नेपालगन्ज । खुला सीमानाका कारण सीमा नाकाबाट भइरहेको मानवेचविखन रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारी लगायत विभिन्न सरोकारवालाबिच नेपालगन्जमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र अपच्र्युनिटी भिलेज नेपालले संयुक्त रूपमा सो बैठकको आयोजना गरेको थियो ।

बैठकमा सहभागि दुबै देशका सुरक्षा अधिकारीहरू, स्थानीय सरकारी प्रतिनिधिहरू, नागरिक समाजका संगठन र सामाजिक कार्यकर्ताहरूले मावबेचविखन रोक्न दुबै देशविच समन्वय, सहकार्य र सहयोग आदान प्रदानको आवश्यकतामा जोड दिएका छन् । बैठकको अध्यक्षता गर्दै अपच्र्युनिटी भिलेज नेपालका कार्यकारी निर्देशक एन्टोनिया सुसाइले मानवबेचविखन गम्भीर अपराध भएकोले सो रोक्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले मानव बेचबिखनलाई निष्तेज गर्न समाजमा जनचेतना बढाउनुका साथै रोजगारका अवसरहरू प्रदान गर्नुका साथै ठोस योजना बनाएर सबै सरोकारवाला लाग्नु पर्ने बताउनुभयो ।भारतको रुपैडिहा प्रहरी चौकीका प्रहरी उपनिरीक्षक आशिष कुमार सिंहले खुला सिमानाका कारण बढिरहेको मानव बेचबिखन रोक्न भारतले हर प्रकारको सहयोग गर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेकी प्रहरी निरीक्षक शिवा थापाले मानव बेचबिखन विरुद्ध लड्ने एकमात्र उपाय भनेको सबै सम्बन्धित अधिकारीहरू र गैर–सरकारी संस्थाहरूले मिलेर काम गर्नु हो भन्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको मानव बेचबिखन विरुद्धको स्थानीय समन्वय समितिका अधिकारी आशा शाहीले मानवबेचविखनमा परेकालाई फर्काउन ठुलो चुनौती बनेको बताउनुभयो ।

नेपालगन्ज २ का वडाध्यक्ष मनोज श्रेष्ठले गरिबी, बेरोजगारी र भारत–नेपाल सिमानाको कमजोर सुरक्षा प्रणाली मानव बेचबिखनको मुख्य कारण भएको जनाउँदै युवतीहरू र महिलाहरूका लागि रोजगारीका अवसरहरूको सिर्जना गर्नुका साथै भारत–नेपाल सिमानामा कडा सुरक्षा प्रणाली आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार साजिद अलि सिद्दिकी, अपच्र्युनिटी भिलेज नेपालका कार्यक्रम संयोजक सत्यनारायण यादव, वडा प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक गोपाल जेठारा, देहात संस्था भारतका हसन फिरोज लगायतले पनि मानवबेचविखन रोक्न आ आफ्नो सुझाव दिनु भएको थियो ।

बैठकमा जिल्ला युवा क्लब नेटवर्क, बाँके युनेस्को क्लब, माइती नेपाल, टिनी ह्यान्ड, शक्ति समूह, साथी संस्था, आफन्त नेपाल र सहयात्री नेपालका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको थियो ।

Next Post

अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकारः प्रचण्ड

२०८१ भाद्र ८, शनिबार १४:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ। शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो । सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल […]

सम्बन्धित शीर्षक