बाँके क्षेत्र नं. २ (२) प्रदेशसभा सदस्य निर्वाचन : अरुमा कलह, बमलाई फाइदा

  ।   २०७९ कार्तिक २२, मंगलवार १०:३७

संवाददाता, नेपालगन्ज ।

बाँके क्षेत्र नं. २ (२) प्रदेशसभा सदस्य निर्वाचन रोचक हुने भएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको बाहेक अरु सबै दल एकल प्रतिष्पर्धामा छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार यो निर्वाचन क्षेत्रमा ९ जना दलका र २ स्वतन्त्र गरी ११ जनाको उम्मेदवारी परेको छ । जहाँ ४७ हजार ४९९ मतदाता छन् ।

निर्वाचन आयोग नेपालको स्थानीय तह निर्वाचन २०७९ को नतिजा अनुसार यो निर्वाचन क्षेत्रका १४ वडामध्ये सबैभन्दा धेरै ४ वटा वडा (वडा नं. १, ६, ७ र ९) मा एमालेले जितेको छ ।

नेकपा माओवादी केन्द्रले ३ (३, ४ र ११), राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ (२, ८ र १०), जनता समाजवादी पार्टीले ३ वडा (५, १४ र १५) र नेपाली कांग्रेसले १२ नम्बर वडा मात्र जितेको छ । वडाअध्यक्ष सबैभन्दा कम निर्वाचित भए पनि वडाध्यक्षले पाएको मतको आधारमा भने यो निर्वाचन क्षेत्रमा कांग्रेस पहिलो दल हो ।

यो क्षेत्रमा कांग्रेसले ७ हजार २८५ मत पाएको छ । वडाध्यक्षमा दोस्रोे बढी मत राप्रपाको ५ हजार ८०२ रहेको छ । तेस्रो बढी मत एमालेको ५ हजार ७०५ रहेको छ । चौथो दल माओवादी केन्द्र हो । उसले ४ हजार ९५६ मत ल्याएको छ । पाँचौं दल जसपा छ । उसको मत ४ हजार ५८५ रहेको छ ।

प्रदेशसभा निर्वाचनमा यो निर्वाचन क्षेत्रमा राप्रपा–एमालेका निरकबहादुर गुरुङ, माओवादी केन्द्रका अकलबहादुर बम र कांग्रेसका सुरेन्द्रबहादुर हमालबीच नै मुख्य प्रतिष्पर्धा रहेको छ । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा विजयी भएर वन मन्त्री बन्नुभएका हमालले खासै काम गर्न सक्नुभएन ।

कांग्रेसमा संस्थापन इतरले जिल्लामा एउटा सिटमा पनि टिकट पाएको छैन । जिल्ला सभापतिको निर्वाचनमा पार्टीभित्र संस्थापन भए पनि संस्थापन इतरलाई सघाएको आरोप हमालमाथि छ । हमाल यसपपटक पार्टीभित्रै खुम्चिने देखिन्छ । उहाँको घरदैलोमा पनि खासै उत्साह देखिएको छैन ।

राप्रपा–एमालेले साझा उम्मेदवारको रुपमा एमालेका निरकबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । आफूले टिकट नपाएको राप्रपाभित्र व्यापक असन्तुष्टि छ । राप्रपाले एमालेलाई सबै भोट हाल्ने सम्भावना देखिँदैन । एमालेभित्र पनि अरु दाबेदार थिए । गुरुङलाई उम्मेदवार बनाएको चित्त बुझेको छैन ।

जसपामा नवप्रवेशी आदेश अग्रवालले टिकट पाएको भन्दै व्यापक असन्तुष्टि छ । विवेकशील साझाबाट उम्मेदवार बन्नुभएका डा.कर्ण यसपटक स्वतन्त्रबाट उम्मेदवार बन्नुभएको छ । उहाँको खासै पकट देखिँदैन ।

सत्तागठबन्धनले केन्द्रबाट उम्मेदवार नबनाएपछि माओवादी केन्द्रले केन्द्रको सहमति विपरित अकलबहादुर बमलाई जबरजस्त रुपमा उम्मेदवार घोषणा गरेको थियो । अन्तिम समयमा यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धन मित्रवत् प्रतिष्पर्धामा आउन बाध्य भएको थियो । वम माओवादी केन्द्रका सर्वसम्मत् उम्मेदवार हुनुहुन्छ ।

यो निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बम अरु दलभित्रको कहलको फाइदा लिने दाउमा हुनुहुन्छ । उहाँको चुनावी अभियानमा पार्टी एकताबद्ध छ । शालिन व्यक्तित्व भएका कारण पनि अरु दलभित्रको मत बलले प्रभावित पारेर जित निकाल्ने आँकलन माओवादी केन्द्रले गरेको छ ।

निर्वाचन आयोग नेपालको २०७४ सालको निर्वाचन परिणाम अनुसार बाँके क्षेत्र नं. २ (२) प्रदेशसभामा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमाल ९ हजार २११ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

जसपाका दुर्गेशकुमार वैश्यले ८ हजार ४३२ मत ल्याएर निकटतम् प्रतिद्वन्द बन्नुभएको थियो । एमालेका विजयकुमार गुप्ताले ५ हजार ३२७ मत ल्याउनुभएको थियो । राप्रपाका कौशलकुमार मिश्रले ९१६ मत र विवेकशील साझाबाट डा.विनोदकुमार कर्णले ५६८ मत ल्याउनुभएको थियो ।

Next Post

कोभिडमा जनताको सेवामा खटेकी नमुना

२०७९ कार्तिक २२, मंगलवार १०:३७
नेपालगन्ज । कोभिड–१९ (कोरोना भाइरस) विश्वभरि फैलिँदो थियो । कोरोना भाइरस नेपालमा समुदायसम्मै पुग्यो । अस्पतालमा कोरोना संक्रमितहरूले आइसीयू बेड, अक्सिजन र भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेका थिए । संक्रमितको संख्या दैनिक उकालो लाग्दो थियो । भारतसँग सीमा जोडिएको बाँके पनि कोरोना भाइरसको उच्च जोखिममा थियो । बाँकेको नरैनापुर त झन […]