भारतीयको ज्यादती रोक्न माग गर्दै विद्यार्थी नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

  ।   २०७८ श्रावण १६, शनिबार १३:४३
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका विद्यार्थी नेताहरु

काठमाडौं । संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । विद्यार्थी नेताहरुले दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिनुभयो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुका जायज माग सम्बोधन गर्दै रोकिएका परीक्षाहरु सन्चालन गराउन पनि विद्यार्थी नेताहरुले माग गरेका छन् ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको भन्दै विद्यार्थी नेताहरुले उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग समेत गरेका थिए । -अनलाइन खबर

Next Post

प्रहरी जवानको अन्तरवार्तामा चार नक्कली परीक्षार्थी

२०७८ श्रावण १६, शनिबार १३:४३
डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ । प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र श्रावण १४ गते पनि एक÷एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ […]