कर्फ्यु पछि नेपालगन्जको अवस्था शान्त

  ।   २०८० आश्विन १७, बुधबार ११:४७

सबिता चन्द 

नेपालगन्ज । बाँके जिल्ला प्रशासन कार्यालयले मंगलबार देखि कर्फ्यु जारी गरेपछि बुधबार (आज ) नेपालगन्जको अवस्था शान्त देखिएको छ ।

सामाजिक सञ्जालमा केही व्यक्तिहरुले गरेका पोस्टका कारण हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि प्रशासन कार्यलयले मंगलबार दिउँसो एक बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो । नेपालगन्जको उत्तर राँझा, पश्चिम इन्द्र्रपुर चोक, दक्षिण जमुनाहा नाकासम्म कर्फ्युको सीमा तोकिएको छ । कर्फ्यु जारी गरेको समय देखि आज बिहानसम्म कर्फ्यु उल्लंघनका घटना नभएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को ६ (क) मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।

कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुनेभएकाले गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ दिन सक्छ ।

Next Post

भ्रामक सञ्चार सामाग्रीको प्रचारप्रसार नगर्न बाँके प्रशासनको अनुरोध 

२०८० आश्विन १७, बुधबार ११:४७
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउन अनुरोध गरेको छ । प्रशासनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउन […]