कोभिड- १९ का बिरामीलाई भर्ना गर्नुअघि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने

  ।   २०७७ भाद्र ७, आईतवार ०६:४२

नेपालगन्ज । कोरोनाभाइरस (कोभिड– १९) का लागि तोकिएका आइसोलेसन र आइसियू बेडमा बिरामी भर्ना गर्दा काठमाडौं उपत्यकाका अस्पतालहरूले स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना गर्नुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो।

‘अस्पतालमा कोभिड- १९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य मन्त्रालयले कोभिड– १९ का बिरामीको उपचारका लागि भनेर निश्चित अस्पताल तोकेको छ।

Next Post

डब्ल्यूएचओले जारी गर्‍यो बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम

२०७७ भाद्र ७, आईतवार ०६:४२
एजेन्सी । विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिएको छ । शीर्ष स्वास्थ्य अधिकारीले बालबालिकाले […]

सम्बन्धित शीर्षक