डब्ल्यूएचओले जारी गर्‍यो बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम

  ।   २०७७ भाद्र ७, आईतवार ०६:४८

एजेन्सी । विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ ।

डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिएको छ ।

शीर्ष स्वास्थ्य अधिकारीले बालबालिकाले कति मात्रामा भाइरस फैलाउँछन् भनेर स्वष्ट नभएको तर किशोर–किशोरीले झैं बालबालिकाले पनि त्यति नै भाइरस फैलाउने प्रमाण भेटिएको जानकारी दिनुभयो ।

डब्ल्यूएचओले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाले भने मास्क लगाउन नहुने बताएको छ । साथै ६ देखि ११ वर्षका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गरिदिन र स्थान हेरेर उनीहरुको हेरविचार गरिदिन आग्रह गरेको छ ।

साथै, डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसहरुले कपडाको मास्क लगाउनुपर्ने र त्योभन्दा धेरै उमेर भएकाम र अन्य रोगबाट ग्रसित व्यक्तिहरुले मेडिकल मास्क लगाउनुपर्ने जानकारी दिएको छ । सेतोपाटी

Next Post

नेपालगञ्जका दुई अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचारको तयारी

२०७७ भाद्र ७, आईतवार ०६:४८
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचारको तयारी गरेको छ। कोरोना संक्रमितको उपचार प्लाज्मा थेपारी विधिबाट प्रभावकारी देखिएपछि नेपालगञ्जका अस्पतालबाट पनि सेवा सुरु गर्न लागिएको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंग शाहले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजलाई प्लाज्मा […]

सम्बन्धित शीर्षक