नेपालगञ्जका दुई अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचारको तयारी

  ।   २०७७ भाद्र ७, आईतवार ०८:३३

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचारको तयारी गरेको छ।

कोरोना संक्रमितको उपचार प्लाज्मा थेपारी विधिबाट प्रभावकारी देखिएपछि नेपालगञ्जका अस्पतालबाट पनि सेवा सुरु गर्न लागिएको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंग शाहले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजलाई प्लाज्मा थेपारीको विधिबाट उपचार हुने अस्पताल तोकेपछि तयारी सुरु भएको हो। प्लाज्मा थेपारीको विधिबाट उपचार सुरु गर्न भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. शाहको संयोजकत्वमा मेडिकल कलेजका चिकित्सक, ब्लड बैंक, बाँकेका कोरोना फोकल पर्सन र स्वास्थ्यकर्मी सम्मिलित समिति बनाइएको छ।

समितिले प्लाज्मा दान गर्ने दाताहरुको नामहरु संकलन गरी प्लाज्मा संकलनका लागि तयारी गरिरहेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो।

पछिल्ला दिनहरुमा संक्रमितहरुमा लक्षण देखिने र सिरियस बिरामीहरु आउने क्रम बढ्दै गएकाले मृत्यु दर कम गर्न प्लाज्मा थेरापी विधिबाट उपचारको तयारी सुरु गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउँछन्।

संक्रमणपछि निको भएर फर्किएका करिब २५ जना पूर्वसंक्रमितहरु प्लाज्मा दान गर्न इच्छुक देखिएका छन्। प्लाज्मा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो। प्लाज्माले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने चिकित्सकहरु बताउँछन्।

प्लाज्मा थेरापीका लागि कोरोना संक्रमित भई निको भएका व्यक्तिको २८ दिनपछि पुनः पिसिआर परिक्षण गरिन्छ । पिसिआर रिपोट नेगेटिभ आए ती व्यक्तिबाट रगत लिएर कम्पोनेन्ट मसिनको सहयोगबाट प्लाज्मा बनाउँछन। त्यो प्लाज्मालाई चिकित्सकहरुको सिफारिसमा ब्लड गु्रप मिल्ने कोरोना संक्रमित सिरियस बिरामीमा चढाएर उपचार गरिन्छ।

बाँकेमा हालसम्म ७८७ जना संक्रमित भएका छन्। तीमध्ये २८७ जनाको उपचार भइरहेको छ भने ४९६ जना निको भएर घर फर्किएका छन्। थाहाखबर

Next Post

बाँके प्रहरीले गर्‍यो दुई महिनामा एक करोड राजस्व संकलन

२०७७ भाद्र ७, आईतवार ०८:३३
सविता चन्द बाँके । बाँके प्रहरीले दुई महिनामा एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको दुई महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो। भारतबाट हुने अवैध सामान ओसारपसार नियन्त्रणमा कडाइ गरेको प्रहरीले तस्करी नियन्त्रणबाट ७१ लाख ९० हजार ७३३ रुपैयाँ राजस्व संकलन […]

सम्बन्धित समाचार