नेपालगन्ज । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ ।बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्दै सल्लाहकार र विभिन्न उपसमिति तथा फोकल पर्सन समेत चयन गरेको छ ।
क्लबका अध्यक्ष सिद्दिकीले सो जानकारी गराउँदै नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ पत्रकारहरु गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्नुका साथै अन्य वरिष्ठ पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, नरेन्द्र थापा, कमल पन्थी, राकेश मिश्र तथा वरिष्ठ समाजसेवीहरु राजु टिबडेवाल, भिमसेन चौधरी र मुजाहिद रजा कादरीलाई सल्लाहकारमा मनोनित गरेको बताउनुभयो ।
क्लबले शनिवार सम्पन्न गरेको साधारणसभामा चालु आर्थिक वर्षमा बर्दियाको एउटा पालिका र पाँच वटा वडालाई बालविवाह मुक्त घोषणा गर्ने तथा तीनवटा टोल वस्तीलाई हरेक घरमा पढाई कुना भएको बस्ती घोषणा गर्ने निर्णय गरेको थियो ।साधारणसभाले गरेका निर्णयहरुलाई पुरा गर्न कार्यसमितिले निरन्तर सहयोग, अनुगमन र निरिक्षण गर्ने अध्यक्ष सिद्दिकीले बताउनुभयो ।
संस्थाको ३६ औं बार्षिक साधारणसभा तथा ११ औं अधिवेसनलाई सफल बनाउन कार्यक्रममा उपस्थित हुनुहुने बाँके र बर्दियाका स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न सरकारी र गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार लगायत सम्पुर्णलाई धन्यवाद दिने निर्णय पनि नयाँ कार्यसमितिको बैठकले गरेको जनाईएको छ ।



