बाग्लुङ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

  ।   २०८१ भाद्र २८, शुक्रबार १४:३४

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

Next Post

शैक्षिक गुणस्तर बढाउन शिक्षकहरुलाई द्रुत सिकाई तालिम

२०८१ भाद्र २८, शुक्रबार १४:३४
नेपालगन्ज । प्रधानाध्यापक तथा शिक्षकहरुका लागि आपुरण तथा द्रुत सिकाई सम्बन्धी (रियल प्लान) अचिमुखीकरण कार्यक्रमको शुरुवात भएको छ । गुलरिया नगरपालिका भित्रका ४६ वटा बिद्यालयका प्रधानाध्यापक तथा विषयगत शिक्षकहरुका लागि सिकाई आपुरण तथा द्रुत सिकाई (रियल प्लान) सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गुलरिया नगरपालिकामा शुरुवात भएको हाे । कोभिड–१९ का कारण […]