राजकुमार चौधरी, नेपालगंज ।
बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० शोफिया टोलमा रहेको असल छिमेकी सामुदायिक अस्पतालमा शनिबार कार्तिक २६ गते देखी शुरु भएको निशुल्क स्वास्थ्य शिविर आज तेस्रो दिन पनि जारी रह्यो ।
स्वास्थ्य शिविरमा नाक, कान, घाँटी लगायतको स्वास्थ्य सम्बन्धि समस्याको बिशेषज्ञ डाक्टर प्रकाश बसेल लगायतका चिकित्सकहरुबाट निशुल्क चेकजाँच तथा औषधीहरु उपलब्ध गराईएको छ ।
निशुल्क चेकजाँच तथा औषधी पाएपछि सेवा लिन पुगेका बिरामीहरु खुसी भएका छन ।
बिहान ९ बजेदेखी अपराह्न्न ४ बजे सम्म संञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरबाट १५० जना भन्दा बढीले स्वास्थ्य उपचार तथा परामर्श सेवा लिएको असल छिमेकी सामुदायिक अस्पतालले जनाएको छ ।
असल छिमेकी सामुदायिक अस्पतालबाट प्योर्, टोन्, अडियोमेट्री, इम्पिडेन्स, इन्डोस्कोपी–दुर्बिनले नाक, घाँटीको चेकजाँच र उपचार, विभिन्न किसिमका हियरिङ एड, इसिजी, रगत, दिसा–पिसाव लगायतका सम्पूर्ण चेकजाँच सेवा पनि उपलब्ध गराउदै आईएको छ ।