जोखिममा रहेका समुदायका बालिकाहरुलाई साइकल बितरण

  ।   २०८२ जेष्ठ १९, सोमबार १२:२०

नेपालगन्ज। बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकाका बालिकाहरुलाई नियमित विद्यालयमा उपस्थिति गराउन तथा पछाडी पारिएका समुदाय एवं जोखिममा रहेका बालिकाहरूको शिक्षामा पहुच बढाउन उनिहरुलाई साइकल वितरण गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालिका तथा किशोरीहरुलाई बिद्यालयमा टिकाइराख्ने उदेश्यले मधुवन नगरपालिकाको समन्वयमा साइकल बितरण गरिएको हो ।

बालिकाहरुलाई साइकल वितरण गर्दै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले साइकल वितरणले बालिकाहरूको दैनिक यात्रा सहज मात्र बनाउने होइन, उनीहरूलाई आत्मविश्वास, मर्यादा र आशाका साथ निरन्तर पढ्न प्रोत्साहन पनि गर्ने बताउनुभयो ।उहाँले यो अभियान समावेशी, शिक्षित र सशक्त भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम भएको जनाउँदै यसले शिक्षाको विकासमा ठुलो योगदान गर्ने बताउनुभयो ।

ग्रामिण क्षेत्रमा बिद्यालय धेरै टाढा टाढा हुने भएकोले पनि धेरैले पढाई छाड्ने गरेको जनाउँदै मेयर भाटले साइकल पाएपछि सो समस्या समाधान हुने बताउनुभयो । सो बितरण कार्यक्रममा मधुवनका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, शिक्षा शाखा प्रमुख र महिला तथा बालबालिका शाखा प्रमुख लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकले गर्नुभएको थियो भने फिल्ड सुपरवाइजर सावित्रा भाटले व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।

 

Next Post

बाल र मानवबेचविखन रोक्न राजापुरमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

२०८२ जेष्ठ १९, सोमबार १२:२०
नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर आठमा बाल तथा मानवबेचविखनका सवालमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालबालिका तथा मानव बेचबिखनसम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरेको […]