खानेपानी मन्त्री खान र नरैनापुरका अध्यक्ष शाह बिच भेटवार्ता

  ।   २०७९ माघ १६, सोमबार २०:१९

बाँके । खानेपानी मन्त्री अब्दुल खान र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बीच भेटवार्ता भएको छ ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री खान काठमाडौं फर्किने क्रममा सोमबार गाउँपालिका अध्यक्ष शाह संग भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा नरैनापुर गाउँपालिका भित्रको खानेपानी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा मन्त्री खान र अध्यक्ष शाह बिच कुरा भएको थियो ।

नरैनापुरको खानेपानी समस्या समाधानका लागि बिशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खानले पालिका स्तरीय फोहर व्यवस्थापन केन्द्र, ढल निकासका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने अश्वासन दिनु भएको थियो ।

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले मन्त्री खानलाई जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत सहित नरैनापुर आउन निम्तो गर्नु भएको थियो ।

Next Post

लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउछ: मन्त्री नमुना

२०७९ माघ १६, सोमबार २०:१९
बाँके । लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले बताउनुभएको छ । बर्दियामा सोमबार चौथो राजापुर नगरस्तरीय अन्तर विद्यालय मेयर कप तथा १५औं राष्ट्रपती रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दलहरुसँग छलफल भइरहेकोले […]