मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम सञ्चालन

  ।   २०८० फाल्गुन २३, बुधबार १३:४२

नेपालगन्ज, । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा आयोजना गरिएको जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र विपद्को समयमा मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ ।

प्लान नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम सञ्चालन गरिएको थियो । सो तालिमको उदेश्य सीओसी, बाल क्बल, किशोरी क्लब र युवा क्लबमा आवद्धहरुलाई जोखिममा परेका समुदाय र सम्भावित नोक्सानीलाई कम गर्न सावधानी अपनाउन सचेत गराउन उनीहरूको परिचालनका लागि महत्वपूर्ण ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबले जनाएको छ । तलिममा सहभागि ३० जनालाई विभिन्न प्रकारको विपद र प्रकोपबाट सम्पत्ति, समुदाय र आफूलाई पनि सुरक्षित राख्न प्रशिक्षण दिईएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले तालिमका प्रशिक्षकले बाढी, आगलागी, आँधी र भूकम्प जस्ता विपद्का प्रकारका साथै जलवायु परिवर्तनका कारण र त्यसको प्रभाव र जोखिम न्यूनीकरणका लागि चाल्नुपर्ने पहल र जोखिम मूल्याङ्कन तथा जोखिम क्यालेन्डर अफ द इयरका बारेमा पनि विस्तृत जानकारी गराएको बताउनुभयो । तालिमका सहभागीहरूले पीडितलाई कसरी उद्धार गर्ने र प्राथमिक उपचार र विपद्को सामना कसरी गर्ने तथा सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण कसरी गर्ने एवं पीडितको कल्याणका लागि विपद्को समयमा सम्बन्धित निकायसँग तुरुन्त सञ्चार कसरी गर्ने भन्ने बारेमा सिकेका थिए ।

बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधरको अध्यक्षतामा आयोजना गरिएको तालिमको समापन कार्यक्रममा गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले जिल्लामा विपद्का बेला पीडितको उद्धार र व्यवस्थापनसंगै राहात लगायतका मानवीय सहायतामार्फत बालविवाह न्यूनीकरण तथा जोखिममा परेका युवतीहरूको सशक्तीकरण र रोजगारी सिर्जनामा बाँके युनेस्को क्लबले गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले यस्ता तालिमले समुदायलाई विभिन्न जोखिमबाट जोगाउन तथा क्षति कम गर्न ठुलो सहयोग गर्ने बताउनुभयो ।तालिमको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका संस्थापक अध्यक्ष कमल पन्थी, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक साजिद अली सिद्दिकीको पनि उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बर्दियाका विपद व्यवस्थापन प्रशिक्षकहरु महेश चन्द्र गौतम र लौटन थारुले तालिममा प्रशिक्षण दिनुभएको थियो भने सो अवसरमा परियोजना संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत ईश्वर विक र अन्य परियोजनाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

Next Post

नेपालगन्जमा पत्रकार धितालका आधादर्जन बढी पुस्तक सम्वाद कार्यक्रम सम्पन्न

२०८० फाल्गुन २३, बुधबार १३:४२
नेपालगन्ज । पत्रकार  मनऋषि धितालले लेख्नुभएका जनयुद्धकालीन आधा दर्जनबढी पुस्तकमाथि नेपालगन्जमा संवाद गरिएको छ । पत्रकार धितालले लेख्नुभएका जनयुद्धकालीन डायरीमा समावेश गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा र गण्डक यात्रा पुस्तकमाथि बुधवार नेपालगन्जमा संवाद गरिएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पिटरले गण्डक यात्रा, साहित्यकार लेख […]