विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

  ।   २०८० आश्विन १४, आईतवार १४:०२

बाँकेको नेपालगंज उपमहानगरपालिकाका राजेश गिरि लागुऔषध ओसारपसारको अभियोगमा पक्राउ पर्‍का छन । शुक्रबार दिउँसो ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्रामसहित गोसाइँपुरुवाबाट पक्राउ प्रहरीले गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई सो पदार्थ सहित पक्राउ गरि अनुसन्धान अगाडी बढाएको जनाएको छ । उनको घर समेत तलासी गर्दा थप ५ सय मिलिग्राम सो पदार्थ फेला पारी बरामद गरेको छ ।

यसैगरी झापा अर्जुनधारा नगरपालिका डेरा गरि बस्ने सन्जरी खातुनलाई सोही दिन अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ४ सय मिलिग्रामसहित उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुल र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त टोलीले उनलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा सो लागुऔषध सहित पक्राउ गरेको जनाएको छ ।

त्यस्तै मोरङको केराबारी गाउँपालिकाकि कौशिला मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलिले घर तलासी गर्दा सो पदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ । साथै लागूऔषध खरिद गर्न आएका सोही गाउँपालिकाका किरण मगर र निराकारमान मगर समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर बेलौरी नगरपालिकाका दीपक चौधरी र सागर ठगुन्नालाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७ सय ४० मिलिग्रामसहित सोहिदिन साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी भुडा र ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलिका अनुसार बेलौरी ठगुन्नाको काठको मिल तलासी गर्दा सो लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

यसै क्रममा चितवन राप्ती नगरपालिकाका अर्जुन भर लगाएत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ । स्थानीयको विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई पक्राउ गरेको थियो । उल्लेख गरिएको अवैध लागुऔषध गाँजा करिब ६ केजि रहेको प्रहरीले जनाएको छ । सोही पालिकाको गढौलीबाट अवैध लागुऔषढ गाँजा करिब २६ किलो शनिबार राती प्रहरीले बरामद गरेको थियोे । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बोरामा बोकी ल्याएको सामान फाली मानिस फरार भएपछि सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ । अहिले फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको जनाएको छ भने सबै घटनाका प्रहरीले आवश्यक अनुसन्धान गर्ने बताएको छ ।

Next Post

बागलुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८० आश्विन १४, आईतवार १४:०२
बागलुङ । बागलुङमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको निसीखोला गाउँपालिकाका डुलमणि बुढा रहेका छन । उनलाई एकथान भरूवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी निसीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँस्थित गोठमा भरूवा बन्दुक लुकाई छिपाई राखिएको अवस्थामा फेला […]

सम्बन्धित समाचार