बाँके । बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट आज सनिवार १४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएर आ-आफ्ना घर फर्किदै हुनुहुन्छ ।
कोरोना फोकल पर्शन नरेस बाबु श्रेष्ठका अनुसार हाल सम्मा संक्रमितको संख्या ११ सय ९९ रहेको छ भने निको भएर घरफर्की सकेकाहरुको संख्या ८ सय १७ पुगेको छ । अहिले विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ७६ जना उपचाररत हुनुहुन्छ । ६ जनाले ज्यान गुमाउनु भएको छ ।
यो भनेको बिरामी निको हुने दर ६८.१४ प्रतिशत हो । रोग प्रकोप दर ०.२० छ भने मृत्यु दर ०.५० प्रतिशत रहेको फोकल पर्शन श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख छ ।