योजनाबद्ध तरिकाले मुख्यमन्त्री पोखरेल सवार गाडी माथी ढुङ्गा-मुढा

लोकप्रिय नेता माथि ढुङ्गा प्रहारको सर्वत्र बिरोध

  ।   २०७७ आश्विन १८, आईतवार २१:५३

नेपालगन्ज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी माथी योजना बद्ध तरिकाले ढुङ्गा मुढाले आक्रमण गरिएको छ ।काठमाडौंबाट रुपन्देही फर्किदै गर्नु भएका मुख्यमन्त्री पोखरेल माथी गरिएको आक्रमणको चौतर्फी बिरोध भएको छ ।

भैरहवाबाट बुटवल आउँदै गर्नुभएका मुख्यमन्त्री सवार गाडीमा मणिग्राम, कोटिहवा र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए । कडा सुरक्षाबीच भैरहवाबाट बुटवल आउनुभएका मुख्यमन्त्री सवार गाडीमा बुटवलको राजमार्ग चौराहानजिक ढुंगा प्रहार भएको हो ।

मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको प्रहरी श्रोतले जनाएको छ । कति क्षति भयो भन्ने यकिन छैन । प्रहरीले सोही स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको पनि जनाएको छ ।

मुख्यमन्त्री सवार गाडीमा कांग्रेस कार्यकर्ताहरुले ढुंगा मुढा गरेको प्रत्यक्ष दर्शीहरुले बताएका छन । प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा सरकारले दर्ता गरेपछि पार्टी बैठकपछि शनिबार मुख्यमन्त्री पोखरेल काठमाडौ जानुभएको थियो ।

मुख्यमन्त्री पोखरेल नेकपा केन्द्रीय कार्यालय सदस्य समेत हुनुहुन्छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड बीच बिबादलाइ मिलाउने हैसियत समेत राख्नुहुने पोखरेल सुझबुझका साथ कदम चाल्ने नेता हुनुहुन्छ ।

प्रदेश ५ को राजधानी ठिक केन्द्र मै राख्ने निर्णयको सर्वत्र स्वागत गरिएको छ । नेकपा, नेपाली कांग्रेस, मधेशवादी दल लगाएत सबैले स्वागत गरेका छन् । बुटवलमा केहिले योजनाबद्ध तरिकाले फाट्टफुट्ट बिरोध पर्दशन गरे पनि अधिकांश जनताले स्वागत गरेका छन् ।

Next Post

विद्युतीकरणको काम छिटो सक्न सहयोग पुग्ने गरी अदालतको आदेश आउनेमा सांसदको विश्वास

२०७७ आश्विन १८, आईतवार २१:५३
संघिय सांसद महेश्वर गहतराज (अथक) ले राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा छिटो बिद्युतीकरणको काम सक्न सहयोग पुग्ने गरी सम्मानित अदालतले दिन दिने विश्वास ब्यक्त गर्नुभएको छ । विकास निर्माणको कार्यमा ढिलासुस्ती गर्दै आएको ठेकेदार निर्माण कम्पनी राजेन्द्र मिश्र प्रोप्राइटर रहेको श्री गौरी पार्बती श्रीम उष्मा जेभी कम्पनीसँगको ठेक्का नेपाल […]