विद्युतीकरणको काम छिटो सक्न सहयोग पुग्ने गरी अदालतको आदेश आउनेमा सांसदको विश्वास

  ।   २०७७ आश्विन १९, सोमबार १४:२७

संघिय सांसद महेश्वर गहतराज (अथक) ले राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा छिटो बिद्युतीकरणको काम सक्न सहयोग पुग्ने गरी सम्मानित अदालतले दिन दिने विश्वास ब्यक्त गर्नुभएको छ ।

विकास निर्माणको कार्यमा ढिलासुस्ती गर्दै आएको ठेकेदार निर्माण कम्पनी राजेन्द्र मिश्र प्रोप्राइटर रहेको श्री गौरी पार्बती श्रीम उष्मा जेभी कम्पनीसँगको ठेक्का नेपाल बिद्युत प्राधिकरणले रद्ध गरेपछि मिश्रले प्राधिकरणको बिरुद्धमा हालेको मुद्धाको फैसला जनताको पक्षमा आउनेमा आफु आशावादी रहेको उहाँले बताउनुभयो ।

अथकले प्राधिकरणले रद्ध गरेको टेण्डर अदालतले सदर गरिदिएमा आगामी ३ महिना भित्र सो क्षेत्रका बासिन्दाले बिद्युत सेवा उपभोग गर्न पाउने सांसद अथकको भनाई छ ।

सांसद अथकले झण्डै १ करोड रकम पेश्की वापत रकम लगेका मिश्रले ठेक्का सम्झौता गरेको ९ बर्ष सम्म कामको सुरुवात सम्म पनि नगरेको बताउनुभयो ।

मिश्रले काम अगाडी नबढाएका कारण ३३ केभी प्रसारण लाईनको सव स्टेशन निर्माण भई सकेको अवस्थामा पनि सो क्षेत्रका जनता बिद्युत बाल्न पाएका छैनन् । जसका कारण दुई पालिकामा २७ ओटा गाँउ बिद्युत सेवा बाट बंचित रहँदै आएका छन ।

यस अघि मिश्रले नै निर्माणको जिम्मा लिएको ३३ केभि प्रशारण लाईन १२ बर्ष सम्म पनि काम अगाडी नबढाउदा बिद्युत प्राधिकरणले टेण्डर रद्ध गरेको थियो । सो बिषमा पनि मिश्र अदालत पुगेका थिए । सो मुद्धा अदालतले बदर गरिदिएको थियो ।

मिश्रसंगको ठेक्का बदर भएको ६ महिनामा नेपाल बिद्युत प्राधिकरण आफैले राप्ती सोनारी ४ को धामपुरमा सव स्टेशन सहित ३३ केभि लाईन बिस्तार गरि सकेको छ ।

सव स्टेशन सहितको लाईन धामपुरमा निर्माण भएपनि राप्ती सोनारी र नरैनापुरको कतिपय ठाउमा बिद्युत बिस्तार भई सकेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अथक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य पनि हुनुहुन्छ ।

Next Post

सुईया गाउँको मुख्य सडक सम्म विद्युत पुग्यो

२०७७ आश्विन १९, सोमबार १४:२७
संवाददाता, नरैनापुर बाँके । पहिले सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित बाँकेको बगौैडा क्षेत्रमा अहिले पक्की सडक पुगेको छ । नेपालगंज देखी ४४ किलोमिटर टाढा रहेको सुईया गाउँमा सडक मात्र नभई बिद्युत पनि पुगेपछि स्थानिय खुसी भएका छन । विद्युत मुख्य सडक सम्म पुगेपनि अब भित्री गाउँहरुमा विस्तारका लागी स्थानीय […]