सुईया गाउँको मुख्य सडक सम्म विद्युत पुग्यो

स्थानीय खुसी

  ।   २०७७ आश्विन २०, मंगलवार १३:०२

संवाददाता, नरैनापुर बाँके ।

पहिले सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित बाँकेको बगौैडा क्षेत्रमा अहिले पक्की सडक पुगेको छ । नेपालगंज देखी ४४ किलोमिटर टाढा रहेको सुईया गाउँमा सडक मात्र नभई बिद्युत पनि पुगेपछि स्थानिय खुसी भएका छन ।

विद्युत मुख्य सडक सम्म पुगेपनि अब भित्री गाउँहरुमा विस्तारका लागी स्थानीय बासी र सरोकारवाला निकायले थप पहल गर्नुपर्ने देखिएको छ ।

आउजाउका लागी गाडी, मोटर साइकलमा तीन, चार घण्टा सम्म लाग्ने ठाउँमा अहिले पक्की सडक बनेपछि नेपालगंजबाट डेढ दुई घण्टामै सहजै सुईया र आसपासका ठाउँमा पुग्न सकिन्छ ।

सुईया गाउँमा विद्युत विस्तारको काम भईरहेको छ भने त्यहाँका वरपरका ठाउँमा विस्तारको काम सकिएको छ । तर अन्य ठाउँमा सडक राम्रो नै भए पनि सुईया गाउँमा भने सडक निर्माण गर्ने ठेकदार कम्पनीले थोरै लापरवाही गरेको पाईएको छ ।

अहिले पनि सुईया गाउँ जोड्ने सडकमा अलकत्रा बिनाको मसिनो कालोपत्रे गर्ने गिट्टी मात्र छरिएको छ । यद्धपी दुर्गम भनेर पहिले राप्ती पुल पारी आउजाउ गर्न कठिन मान्नेहरु हिजोआज दैनिक जसो आउजाउ गरिरहेको पाईन्छ ।

Next Post

बाँके जिप्रका हाता भित्र अमर प्रहरी स्मारक बन्दै

२०७७ आश्विन २०, मंगलवार १३:०२
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा दिबङ्गत सहिद प्रहरीहरुको सम्झना र सम्मानमा ‘अमर प्रहरी स्मारक’ बन्ने भएको छ । मंगलबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक कार्यक्रमबीच स्मारकको शिलान्यास गरेका छन । शिलान्यास गर्दै प्रजिअ कुरुम्बाङले देश र जनताको सेवामा तल्लिन हुँदाहुँदै ज्यान गुमाएर सहिद बन्न पुगेका […]

सम्बन्धित शीर्षक