सत्ता गठबन्धनको साझा न्यूनतम् कार्यक्रम आज सार्वजनिक गरिने

  ।   २०७८ श्रावण २४, आईतवार ०७:३१


काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

सत्ता गठबन्धनले शान्ति प्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा समाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । यही न्यूनतम साझा कार्यक्रमलाई संयुक्त घोषणापत्रका रुपमा कार्यान्वयन गर्ने गरी सत्ता गठबन्धका दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर लागु गर्ने तयारी गरेका हुन् ।

न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरणसहित ११ बुँदा समेटिएका छन् ।

शान्ति सुरक्षाको प्रत्याभूती, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालीक राहत, पुननिर्माण तथा पुनस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध समेटिएको कार्यदलले जनाएको छ ।

Next Post

खोप केन्द्रहरुमा भइरहेको भिड कम गर्न मन्त्रालयको निर्देशन

२०७८ श्रावण २४, आईतवार ०७:३१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा हुने गरेको भिड व्यवस्थापन गर्न निर्देशन दिएको छ । खोप केन्द्रमा भइरहेको भिडले कोरोना संक्रमणको जोखिम थप बढाएको भन्दै आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो । “खोप केन्द्रहरुमा भइरहेका भिडभाडप्रति यस मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र […]