नेपालगन्जमा संरक्षित वन्यजन्तु सालकसहित ६ जना पक्राउ

  ।   २०७९ चैत्र ११, शनिबार १७:३६

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार संरक्षित वन्यजन्तु सालकसहित ६ जना पक्राउ परेका छन । उनिहरुको साथबाट एउटा स्कार्पियो गाडी र एउटा मोटरसाइकल पनि बरामद भएको छ ।

शनिबार बिहान साढे ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कोहलपुरले उनिहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, मिलननगरस्थित होटल अतिथी अगाडीबाट नियन्त्रणमा लिएको जनाएको छ ।         

पक्राउ पर्नेमा जोशिपुर गाउँपालिका वडा नम्बर ४, कैलालीका ३४ बर्षिय नरेन्द्र कुमार चौधरी, वडा नम्बर ३ का २३ बर्षिय प्रेम चौधरी, वडा नम्बर १ का ३४ बर्षिय जिवनदान चौधरी, राजापुर नगरपालिका वडा नम्बर ६, बर्दियाका बिजय कुमार चन्द, सोही ठेगानाका २५ बर्षिय विवेक थारु र वडा नम्बर ५ का ४८ बर्षिय टेकराज थारु रहेका छन ।          उनिहरुको साथबाट प्रहरीले ३ फिट १० ईन्च लम्बाइ भएको संरक्षित वन्यजन्तु सालक, बा १२ च ७२५९ नम्बरको स्कार्पियो गाडी र भे ७ प ४३५१ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको हो । पक्राउ परेका व्यक्ति, बरामद गरिएको सालक, गाडी र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि शनिबारै डिभिजन वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका सहायक डिभिजनल वन अधिकृत रमेश बुढाथोकीले ६ जना आरोपित व्यक्ति, सालक, गाडी र मोटरसाइकल कोहलपुर प्रहरीले आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा शनिबार दिउँसो बुझाएको बताउनु भयो । उनिहरुलाई वन कार्यालयको थुनुवा कक्षमा राखिएको र आवश्यक कारवाहीका लागि आइतबार जिल्ला अदालत बाँकेमा प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

Next Post

सिलाई कटाई व्यवसाय सञ्चालन गर्न युवा महिलालाई सामाग्री वितरण

२०७९ चैत्र ११, शनिबार १७:३६
नेपालगञ्ज । बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवर्द्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो […]