इजरायलमा रहेका नेपालिहरुलाई ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाईयो

  ।   २०८० आश्विन २५, बिहीबार १२:१२

नेपालगन्ज । युद्धग्रस्त इजरायलबाट नेपालीहरुलाई ल्याउन नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइएको छ । नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी  ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल जानुभएको छ ।  एयरलाइन्सको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ। त्यहाँ नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए ।

Next Post

प्रहरी दिवसमा रक्तदान

२०८० आश्विन २५, बिहीबार १२:१२
नेपालगन्ज । नेपालगन्ज स्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ६८ औँ नेपाल प्रहरी दिवसका अवसरमा बिहीबार अस्पताल परिसरमा प्रहरी कर्मचारीद्वारा रक्तदान गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. अमिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पताल प्रमुख डा. श्रेष्ठका अनुसार ३ […]

सम्बन्धित समाचार