उपचार नपाई फुलजहाँ बेगम घरमै थला

३ कलिला छोरीका लागी भएपनि आमाको जिवन बचाईदिन अपिल

  ।   २०७७ आश्विन २८, बुधबार १७:०५

संवाददाता, नेपालगंज
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ (साविक ३ नम्बर) वडा की २५ बर्षिया फुलजहाँ बेगम उपचार नपाई घरमा थला पर्नुभएको छ ।

चिकित्सकहरुले उहाँलाई पाठेघरको क्यान्सर भएको भन्दै छिटो अप्रेशन (शल्यक्रिया) गर्नुपर्ने बताएका छन ।

फुलजहाँको घाँटीमा पनि समस्या छ । मुस्लिम गरिब परिवार भएकाले अप्रेशन गर्न नसकी बाध्यताले घरमै राख्नुपरेको फुलजहाँकी सासु आमा हस्मा पठानिनले बताउनुभयो ।

४ कठ्ठा जग्गा लिजमा दिएर औषधी, चेकजाँच गर्नमै २ लाख २० हजार भन्दा बढी रकम खर्च भइसकेको ससुरा बुवा ५३ बर्षिय इद्रिस खाँले बताउनुभयो । फुलजहाँका श्रीमान भारतको मुम्बइ जानुभएको छ । तर कुनै सम्र्पक छैन ।

कोभिड–१९ को माहामारीका बेला फुलजहाँ बिरामी भइ थला परेपछि ३ महिनाकी छोरी सहित अरु उस्तै उमेरका २ छोरीको पनि राम्ररी रेखदेख हुन सकेको छैन । १४ जनाको परिवार खर (फुस) को घरमा रह्दै आएको छ ।

समान्य खेतबालीको काम गरी जिविकोपार्जन गर्दै आएको यो मुस्लिम परिवार अहिले आर्थिक संकटमा परेको छ । यि कलिला ३ वटा छोरीको लागी भएपनि फुलजहाँ बेगमको छिटो उपचार हुन जरुरी छ ।

आर्थिक संकट परेका बेला सक्दो सहयोग गरी फुलजहाँको जीवन बचाईदिन परिवारले सबैमा अपिल गरेको छ । सहयोगी मन हृदय भएकाले ब्यक्तित्वहरुले ९८६४८१४७७०, ९८०४५८९८४३ मा सम्र्पक गरी आर्थिक सहायता प्रदान गर्न सकिनेछ ।

Next Post

दोस्रो पटक (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री

२०७७ आश्विन २८, बुधबार १७:०५
यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय खाली थियो । उसो त अर्थमन्त्रीका लागि नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र जनार्दन शर्मा पनि लविङमा रहनुभएको थियो । तर महासचिव पौडेलले अर्थमन्त्रीमा बाजी मार्नुभएको हो । उहाँले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । प्रदेश ५ को राजधानी दाङमा तय भएलगत्तै […]

सम्बन्धित समाचार