दोस्रो पटक (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री

प्रदेश ५ को राजधानी दाङमा तय भएलगत्तै पौडेल संघीय सरकारको अर्थमन्त्री

  ।   २०७७ आश्विन २८, बुधबार १८:०६
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महासचिव पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।

यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय खाली थियो । उसो त अर्थमन्त्रीका लागि नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र जनार्दन शर्मा पनि लविङमा रहनुभएको थियो ।

तर महासचिव पौडेलले अर्थमन्त्रीमा बाजी मार्नुभएको हो । उहाँले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

प्रदेश ५ को राजधानी दाङमा तय भएलगत्तै पौडेल संघीय सरकारको अर्थमन्त्री हुनुभएको हो । उहाँले बुटवलमा राजधानी बनाउन चुनावी एजेन्डा नै बनाउनुभएको थियो ।

थाहा खबरबाट

Next Post

बाँकेमा कोरोना संक्रमित संख्या दुई हजार ५५४ पुग्यो, ६२९ जना सक्रिय संक्रमित

२०७७ आश्विन २८, बुधबार १८:०६
  बाँके । बाँके जिल्लामा हरेक दिन नोबेल कोरोना भाइरस (कोभिड– १९) का बिरामीहरु बढ्दै गएका छन् । यसैबीच जिल्लामा बुधबार २८ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २१ जना, नेपालगन्ज […]