अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदै

ट्रम्पले चुनावी प्रचारमा बाइडेनले भन्दा ४ करोड ३० लाख डलर बढी खर्च गरेको अनुमान

  ।   २०७७ कार्तिक १९, बुधबार ०७:००


एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदैछ । अन्तिम चरणमा रहेको मतदानमा पनि लाखौँ अमेरीकी मतदाताले मतदान गरिरहेका छन् । अब केही समयभित्र मतदान केन्द्रहरु बन्द हुने र नतिजा आउन सुरु हुने बिबिसीले जनाएको छ ।

कोरोना महामारीका कारण यसपटक मतदानको अघिल्लो दिन अस्ति १० करोड मतदाताले हुलाकी माध्यमबाट मतदान गरिसकेका छन् । ठूलो संख्याका मतदाताले हुलाकी माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आउन केही समय लाग्ने अनुमान गरिएको छ ।

चुनावअघि भएका सर्वेक्षणले जो बाइडेनलाई स्पष्ट रुपमा अघि रहेको देखाए पनि प्रारम्भिक नतिजा आउन अझै केही समय लाग्ने देखिएको खबरमा उल्लेख छ । अस्ती सोमबारसम्म अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या इतिहासमै सबैभन्दा धेरै र चार वर्षअघिको चुनावमा खसेको जम्मा मतको ७१ प्रतिशत भन्दा धेरै पुगेको छ । कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूले पनि मत खसाल्न पाउने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनले जनाएको छ ।

तर उनीहरुका लागि भने मास्क लगाउनुपर्ने, ६ फीटको दूरीमा उभिनुपर्ने, मतदान गर्नु अगाडि र पछाडि साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउनुपर्ने नियम बनाइएको छ । अमेरिकामा हरेक चार वर्षमा चुनाव हुन्छ । १८ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन् ।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको प्रचार अभियान समूहले चुनावी प्रचारप्रसारका लागि ६३ करोड ८० लाख डलर खर्च गरेको छ । सबैभन्दा धेरै टेलिभिजन विज्ञापनमा खर्च भएको हो । यस्तै राष्ट्रपति ट्रम्पको प्रचार अभियान समूहले ४७ करोड २० लाख डलर विज्ञापनमा खर्च गरेको छ । ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी बाइडेनभन्दा डिजिटल विज्ञापनमा चार करोड ३० लाख डलर बढी खर्च गरेको हुन सक्ने बीबीसीले जनाएको छ ।

Next Post

लमही नगरपालिका र अस्पताल बन्द

२०७७ कार्तिक १९, बुधबार ०७:००
दाङ । दाङको लमही नगरपालिकास्थित लमही अस्पताल मंगलबारदेखि सात दिनलाई बन्द गरिएको छ। अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको जनाइको छ। अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको पिसिआर परीक्षण गर्नका लागि सेवा बन्द […]