लमही नगरपालिका र अस्पताल बन्द

  ।   २०७७ कार्तिक १९, बुधबार ०७:१३

दाङ । दाङको लमही नगरपालिकास्थित लमही अस्पताल मंगलबारदेखि सात दिनलाई बन्द गरिएको छ।

अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको जनाइको छ।

अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको पिसिआर परीक्षण गर्नका लागि सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा आकाश बेल्बासेले जानकारी दिनुभयो।

यसैगरी जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि लमही नगरपालिका कार्यालय बन्द गरिएको छ।
यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रमुख कुलबहादुर केसीले सूचनामार्फत जानकारी गराउनु भएको हो । रासस

Next Post

तुलसीपुरमा ‘स्मार्ट छोरी’ कार्यविधि पारित

२०७७ कार्तिक १९, बुधबार ०७:१३
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना एक सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ । नगर कार्यपालिकाको हिजो मंगलबार सम्पन्न ९५ औँ बैठकले ‘स्मार्ट छोरी विहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागू हुने भएको छ । कार्यक्रम […]