प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच कुराकानी : थप खोप सहयोग गर्न आग्रह

  ।   २०७८ श्रावण १३, बुधबार ०७:०९

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग थप खोप सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी जोन ब्लिंकेनसँग हिजो बेलुका भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री देउवाले खोप सहयोग गर्न आग्रह गर्नुभएको हो । साथै प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप १५ लाख डोज उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोग साथै जलवायु परिवर्तनका बारेमा उहाँहरुबीच संवाद भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतको दुई दिने भ्रमणका क्रममा रहेका ब्लिंकेनले प्रधानमन्त्री देउवालाई टेलिफोन गर्नुभएको हो । उहाँहरु नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले पनि द्विपक्षीय हितका बारेका कुराकानी भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको छ । त्यसका साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Next Post

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै

२०७८ श्रावण १३, बुधबार ०७:०९
काठमाण्डौ । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री-स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् […]