टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै

  ।   २०७८ श्रावण १३, बुधबार ०७:१४

काठमाण्डौ । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री-स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् ।

टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । तर, उनी हिट चरणबाटै बाहिरिएका छन् । पाँचौ दिनका खेल सकिँदा आयोजक जापानले अग्रता बनाएको छ । अमेरिका र चीनलाई उछिन्दै जापान १० स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ ।

Next Post

टर्कीमा सात सय बढी आप्रवासी पक्राउ : पक्राउ पर्नेमा धेरैजसो अफगानिस्तानका

२०७८ श्रावण १३, बुधबार ०७:१४
एजेन्सी । टर्कीमा सात सय भन्दा धेरै आप्रवासी पक्राउ परेका छन् । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७ सय ९ जना अवैध आप्रवासी पक्राउ परेका हुन् । टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चलाएको छ । जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै इस्तानबुल र वरपरका ११ जिल्लाबाट उनीहरु पक्राउ […]