कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन

  ।   २०७९ बैशाख ११, आईतवार १२:२६

संवाददाता ।

राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।

बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका परिवर्तन गरिएको जनाएको छ ।

Next Post

बाँके कोहलपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एसको चुनावी तालमेल हुने

२०७९ बैशाख ११, आईतवार १२:२६
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच चुनावी तालमेल हुने भएको छ । आईतबार स्थानिय तहको निर्वाचनकालागि कोहलपुरमा माओवादी र समाजवादी पार्टीबिच चुनावी तालमेलको घोषणा गरिएको हो ।   चुनावी घोषणा अनुसार कोहलपुरको मेयर सहित १३ वटा वडामा माओवादी तथा उपमेयर सहित दुई वटा […]

सम्बन्धित समाचार