बाँके कोहलपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एसको चुनावी तालमेल हुने

  ।   २०७९ बैशाख ११, आईतवार २३:०७

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच चुनावी तालमेल हुने भएको छ । आईतबार स्थानिय तहको निर्वाचनकालागि कोहलपुरमा माओवादी र समाजवादी पार्टीबिच चुनावी तालमेलको घोषणा गरिएको हो ।

 

चुनावी घोषणा अनुसार कोहलपुरको मेयर सहित १३ वटा वडामा माओवादी तथा उपमेयर सहित दुई वटा वडामा समाजवादीले उम्मेदवारी दिने भएको हो । त्यसैगरी माओवादीको तर्फबाट ४७ तथा समाजवादीको तर्फबाट १३ वडा सदस्यहरु चुनावी मैदानमा होमिने भएका छन ।

३० वैशाखको चुनावकालागि उम्मेदवार मनोनयनको एक दिन पहिले आईतबार नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष अवराज खड्का र एकिकृत समाजवादी कोहलपुर नगर समितिका अध्यक्ष नारायणी वलीले संयुक्त रुपमा चुनावी तालमेलको घोषणा गरेका हुन । मेयरमा माओवादी केन्द्र केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने र उपमेयरमा नेकपा एस कि नारायणी वली मैदानमा होमिने हुनुभएको छ । प्रेस वक्तव्यको पुर्ण पाठ……

Next Post

आफुले आफैं सँग प्रश्न सोध्ने समय आएन र ?

२०७९ बैशाख ११, आईतवार २३:०७
हाल देशमा आर्थिक तरलता छ । बैंक भन्छ हामि संग पैसा छैन, उसोभए पैसा गयो कहाँ ? केही समय सम्म भएको पैसा एका–एक कसरी गायब हुन्छ ? यि सबै कुराले पनि सजिलै आँकलन गर्न सकिन्छ कि देशमा भ्रष्टाचार कति सम्म व्याप्त छ भनेर । बैधानिक रकम बैंकमा छ र अबैधानिक […]