हाल देशमा आर्थिक तरलता छ । बैंक भन्छ हामि संग पैसा छैन, उसोभए पैसा गयो कहाँ ? केही समय सम्म भएको पैसा एका–एक कसरी गायब हुन्छ ? यि सबै कुराले पनि सजिलै आँकलन गर्न सकिन्छ कि देशमा भ्रष्टाचार कति सम्म व्याप्त छ भनेर । बैधानिक रकम बैंकमा छ र अबैधानिक रकम बोरा वा बाकसमा खाल्डो खनि राखिएको छ ।
देशमा ठुला–ठुला आमुल परिवर्तनहरु भए, विभिन्न किसिमका व्यवस्था लागु गर्दै नीति परिवर्तन पनि भयो तर अफसोच नियत कहिल्यै परिवर्तन हुन सकेन । अब त देशले पक्कै मुहार फेर्नेछ भन्ने सबैलाई आशा जाग्यो । तर सोचे जस्तो हुन सकेन ।
हरेक पाँच–पाँच बर्षमा स्थानिय, प्रदेश र संघिय सरकार परिवर्तन हुन्छन, निर्वाचनका क्रममा ठुला–ठुला परिवर्तनका योजनाहरु आफ्ना घोषणा–पत्रमा समावेश गर्छन्, । तर बिडम्बना ति योजनाहरु फोहोरको डङगुरमा फाल्ने कागजको टुक्रामा मात्र परिवर्तन हुन्छ ।
यो देश कहिल्यै हँुदा खानेको लागि हुन सकेन, हुन सक्यो त बस हुने खानेको लागि मात्र । देशमा कृषि क्रान्तिका कुरा गरे, केही योजना पनि अगाडि आए तर जो वास्तविक कृषक हो उसले अनुदान के हो ? भन्ने अहिले सम्म पनि महसुस गर्न पाएन । आम नागरिकको दृष्टिकोणबाट हेर्ने हो भने कुनै पनि राजनैतिक दलका प्रतिनिधि र तिनिले गरेको प्रतिवद्धता प्रति विश्वास नभएको पाईन्छ, तर पनि क्षणिक आर्थिक प्रलोभन र आश्वासनका कारणले गर्दा नागरिकले नेतृत्व छनोटमा विवेक गुमाउँदछन र असल प्रतिनिधि छनोट हुन सक्तैन ।
यो देश विकासको सबैभन्दा बाधक तत्व भनेको नै संस्थागत रुपमा मौलाउदै गरेको भ्रष्टाचार हो । जनप्रतिनिधिहरुले निर्वाचनका क्रममा ढुक्क सँंग लाखौं, करोडांै रुपैंयाँ खर्च गर्छन्, अधिकांश जनप्रतिनिधिहरुको सोच नै पदमा पुगेर लगानी गरेको रकम उठाउने र अर्को निर्वाचन सम्म फेरी लाखौं–करोडौंं रुपैंयाँ खर्च गर्न सक्ने हैसियत तयार गर्ने हो ।
खासमा राजनीतिलाई सामाजिक सेवाको रुपमा नभई एउटा पेशाको रुपमा लिने गरेको पाईन्छ । स्थानिय निकायले ठुला आयोजनाहरु निर्माण गर्न निर्माण कम्पनिलाई दिन्छन, त्यसैमा कमिशनको खेल सुरु हुन्छ, जसले धेरै कमिशन दिन्छ सो आयोजना उसले पाउँछ । त्यसरी निर्माण हुने आयोजनाको गुणस्तर कस्तो होला । सजिलै आँकलन गर्न सकिन्छ ।
केही आयोजनाहरु निर्माण सम्पन्न भएको केही समय सम्म मात्र चल्छन भने केही निर्माणकै क्रममा बिग्रिन्छ । कमिशनले मुख बन्द गरेर बसेका जनप्रतिनिधिहरु त्यसको गुणस्तरमा कुरा उठाएर निर्माण कम्पनिलाई कारबाही गर्ने कुरै भएन, त्यो आयोजना तैं चुप मै चुपमा सकिन्छ ।
यो सबै हुनुमा आम नागरिकको पनि कमजोरी छ, अघिपछि यो भएन, त्यो भएन भन्दै गालि गरिरहेको मान्छे नै निर्वाचनको क्रममा उसैको पछाडि पाटीको झन्डा र झोला भिरेर हिँड्छ, क्षणिक स्वार्थ पुरा गर्छ र त्यसपछि सधैभरी गुनासो गरेर मात्र बस्छ । राजनीति आफ्नो स्वार्थ पुरा गर्ने, आफ्ना ईष्टमित्र नातागोता र नजिकको मान्छेलाई व्यवस्थापन गर्ने माध्यम मात्र बनेको छ ।
हाल देशमा आर्थिक तरलता छ । बैंक भन्छ हामि संग पैसा छैन, उसोभए पैसा गयो कहाँ ? केही समय सम्म भएको पैसा एका–एक कसरी गायब हुन्छ ? यि सबै कुराले पनि सजिलै आँकलन गर्न सकिन्छ कि देशमा भ्रष्टाचार कति सम्म व्याप्त छ भनेर । बैधानिक रकम बैंकमा छ र अबैधानिक रकम बोरा वा बाकसमा खाल्डो खनि राखिएको छ ।
बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु निर्वाचन पश्चात आर्थिक तरलता कम हुदै जान सक्ने बताउँछन् अर्थात निर्वाचनको क्रममा ति रकम बाहिरिन्छन र बिस्तारै आर्थिक तरलता पनि हराउदै जान्छ भन्ने बुझ्न सकिन्छ । भ्रष्टाचार यसरी नै मौलाउदै जाने हो भने हरेक पाँच बर्षमा राष्ट्रले आर्थिक संकटको यो अवस्था भोग्नुपर्ने देखिन्छ ।
यसो भन्दै गर्दा सबै जनप्रतिनिधिहरु अयोग्य छन् वा राजनीतिलाई पेशाको रुपमा मात्र अंगाल्ने गर्छन भन्न खोजिएको होईन । केहि त्यस्ता जनप्रतिनीधिहरु पनि छन् जसले राज्यले दिने सेवा सुविधा समेत लिएका छैनन । केहीले लिएर पनि शिक्षा, स्वास्थ्य एवम् पुर्वाधार विकास लगायत अन्य सामाजिक कार्यमा समेत लगानी गरेका छन । यहाँ कुुनै राजनैतिक दलमा समस्या होईन, समस्या छ त बस ति राजनैतिक दलको नेतृत्व गर्ने नेतृत्वकर्तामा ।
एक पटक आफुले आफैलाई मनै देखि प्रश्न सोध्नुस्, त, के हामी अझैं पनि सजक हुनुपर्ने बेला भएको छैन ? आखिर कहिले सम्म यो अवस्थाबाट गुज्रने ? के यसरी नै हाम्रा स्थानिय तह हुदै देश विकाश हुुुुन्छ त ?
यो तेरो पार्टी, त्यो मेरो पार्टी भन्दै मर्दा र पर्दा काम लाग्ने तिनै छिमेकी दाजु भाई संँग कति दिन बोलि बाराबार गरेर बस्ने ?
तिनै नेता जसले अहिले सम्म आफ्नो स्वार्थ भन्दा माथि अरु केही हेरेनन्, तिनैलाई पटक–पटक निर्वाचित गरेर जनताले के पाउने ? हामीले सधैभरी म यो पार्टीको भनेर के पायौं ?
तपाई हाम्रा वृद्ध बुवा आमाले सहजै स्वास्थ्य सुविधा पाउनु पर्ने होईन र ? तपाई हाम्रा छोरा छोरीले अध्ययन गर्ने सरकारी विद्यालयहरु प्राईभेट स्कुलको जस्तो गुणस्तर वृद्धि हुनुपर्ने होईन र ?
तपाई हामीले उत्पादन गरेका अन्नवाली, तरकारी लगायतका उत्पादित वस्तुले बजार पाउनु पर्ने होईन र ? तपाई हाम्रा छोरीहरु बाहिर हिंडदा कतै निर्मला पन्तको जस्तो अवस्था भोग्न पर्ने त होईन्, भन्दै छोरी घर नआँउदा सम्म मन शान्ति हुदैँन, हामी ढुक्क हुन सक्नुपर्ने वातावरण सिर्जना हुनपर्ने होईन र ?
तपाई हाम्रा बुवा, आमा, दाजुभाई, दिदीहिनीहरु परिवारको खुशी र सुख खोज्नका निम्ति बैदेशिक रोजगारमा छन, ति सबैले आफ्नै देशमा रोजगार पाउनुपर्ने होईन र ? यस्ता तमाम प्रश्नहरु छ्, जुन आफुले आफैसंँग सोध्न एकदम जरुरी छ ।
ति तमाम प्रश्नहरुको सहज उत्तर हामी आफैसंँग छ, अब यही २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा हाम्रोलाई होईन्, राम्रोलाई चयन गरांै । योग्य, अनुभवि, प्रष्ट योजना भएको प्रतिनिधिलाई निर्वाचित गरौं ।
कुनै राजनैतिक दलको झोले कार्यकर्ताको रुपमा होईन आफुले आफैलाई एक स्वतन्त्र नागरिकको रुपमा स्थापित गर्न जरुरी छ ।
जबसम्म हामीले हाम्रो सोचमा परिवर्तन गर्न सक्दंैनौ तबसम्म परिवर्तन संम्भव पनि छैन । यदि परिवर्तन चाहानुहुन्छ्, भने, आउनुहोस्, आफैंबाट सुरुवात गरौं, यसो गर्न जरुरी पनि छ ।
तपाईको बहुमुल्य मतको सदुपयोग गरि आगामी ५ बर्षे स्थानीय सरकारमा असल नेतृत्व निर्वाचित होस, अग्रिम शुभकामना ।
#स्थानीय_सरकार #परिवर्तन_संम्भव