नेपालगन्ज-५ अध्यक्षका स्वतन्त्र उम्मेदवार शर्मा स्वतन्त्रबाटै जित्न सकिने कुरामा ढुक्क

  ।   २०७९ बैशाख १३, मंगलवार ०७:४७

सविता चन्द

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा लामो समयदेखि सक्रिय रहनु भएको महिला नेतृ कल्पना शर्माद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ बाट स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको छ । स्वतन्त्र बाट पनि जित्ने कुरामा उहाँ ढुक्क हुनुहुन्छ ।
आफुलाई २०७४ सालको स्थानीय चुनावमा पनि अर्को पटक टिकट दिने भनेर बसालिएको थियो, यसपालि पनि कुनै छलफल नगरी अर्को व्यक्तिलाई पार्टीले टिकट दिएको तर वडा नं ५ का जनताहरुले तपाईंको खाचो छ स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुस हामी जिताउछौं भनेर हौसला दिएको हुदा उम्मेदवारी दिएको शर्माले बताउनुभयो ।

महिला, मुस्लिम, जनजाति, अल्पसंख्यक, आदिबासी, मदेशीको पार्टी नेकपा माओवादी केन्द्र भएको तर नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामा १ जना मात्र महिला उम्मेदवार बनाएको, महिला भएकै कारण टिकट नगर कमिटीले नदिएको उहाँको आरोप छ ।

पार्टीको विधालाई आफुले पुर्ण पालना गर्ने बताउदै शर्माले भोलि आफना शुभचिन्तक तथा पार्टीका सदस्यहरुसंग बसेर छलफल गरेपछि पार्टीको वडा कमिटी अध्यक्ष लगायतका जिम्मेवार पदबाट राजिनामा दिने उहाँले बताउनुभयो ।

Next Post

पार्टी हेर्दैनौ व्यक्ति हेर्छौं, हाम्रो रोजाइ नरेन्द्र न्यौपाने- व्यवसायी

२०७९ बैशाख १३, मंगलवार ०७:४७
नेपालगन्ज । कोहलपुरका व्यापारी उद्धमीले पार्टी भन्दा पनि सक्षम व्यक्तिलाइ भोट दिने बताएका छन् । व्यापारीहरुले रोजाइ गलत भयो भने पछुतो मात्र हुन्छ भन्दै पार्टीभन्दा माथी उठेर गोलाकार भित्रको हसिया हतौडा चुनाव चिन्ह भएका नरेन्द्र न्यौपानेलाई नै भोट हलिन्छ भन्ने गरेका छन् । नरेन्द्र न्यौपाने नै किन, खिल प्रसाद, पुर्ण […]

सम्बन्धित शीर्षक