बाँके खजुराका विद्यालयहरूमा फलफुलका बिरुवा वितरण

  ।   २०८२ असार १९, बिहीबार १९:०७

बाँके । खजुरा गाउँपालिकाले वातावरण संरक्षण र फलफुल उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिका भित्रका विभिन्न विद्यालयहरूमा फलफुलका बिरुवा वितरण गरेको छ।

गाउँपालिकाको वातावरण शाखामार्फत सञ्चालित यो अभियानले खजुरालाई दीर्घकालीन रूपमा फलफुलको हब बनाउने लक्ष्य राखेको छ। शाखा प्रमुख नेत्रलाल महतराका अनुसार, आप, लिची, अम्बा, कागती र अनार प्रजातिका गरी कुल ६ हजार बिरुवा वितरण गरिएको छ। यसअघि श्री जनता नमुना मावि, आदर्श मावि र योगिनी माविमा वितरण भइसकेको र बाँकी विद्यालयहरूमा पनि छिट्टै वितरण गरिने जानकारी उहाले दिनु भयो ।

यसैबीच, जनता नमुना मावि, खजुरामा सञ्चालित जलवायु न्याय क्लबमा आबद्ध ५२ जना बालिकाहरूलाई व्यक्तिगत रूपमा फलफुलका बिरुवा वितरण गरिएको छ। रुम टु रिडको सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत ५२ बालिकालाई ५२ वटा बिरुवा दिइएको हो भने बाँकी १९९ बिरुवामध्ये आप ७३, लिची १८, अम्बा ४०, कागती ५० र अनार १८ वटा विद्यालयमै रोपिएको छ।

बिरुवा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष केर सिंह थापा, प्रधानाध्यापक महेन्द्र खत्री, बास नेपालका प्रतिनिधि हेमराज भट्ट र जमुना चौधरीको उपस्थिति थियो। बिरुवा पाएपछि बालिकाहरूले घरमा लगाएर संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय प्रशासनले जलवायु न्याय क्लबका बालिकाहरूले वातावरणीय चेतना बोकेर गरेको वृक्षारोपण गतिविधिप्रति खुसी व्यक्त गरेको छ। अघिल्ला वर्षहरूमा पनि कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका १२ वटा विद्यालयहरूमा यस्तै क्लबमार्फत वृक्षारोपण हुँदै आएको थियो।

विद्यालय, परिवार र समाजमा हरित वातावरण निर्माणमा बालिकाहरूको सक्रियता प्रशंसनीय छ।

Next Post

सिंहको ‘सङ्गीत स्वर सरगम’ पुस्तक सार्वजनिक बहुआयामिक योगदानको कदर

२०८२ असार १९, बिहीबार १९:०७
सबिता चन्द नेपालगन्ज । वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्वारा लेखिएको सङ्गीत स्वर सरगम नामक आधारभूत सङ्गीत ज्ञान पुस्तक शनिबार नेपालगन्जमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। असल शासन मिडियाले प्रकाशन गरेको उक्त पुस्तक खुशी शाही, ओनिर काफ्ले, सामान भण्डारी, समृद्धि भण्डारी लगायत सात जना बालबालिकाहरुको संयुक्त हस्ताक्षरबाट विमोचन गरिएको […]

सम्बन्धित शीर्षक