नेप्से ६ दशमलव १२ अङ्कले घट्यो, २ अर्ब ६३ करोडको कारोबार

  ।   २०७७ आश्विन ५, सोमबार १७:५५

काठमाण्डौ । सोमबार नेप्से परिसूचक ६ दशमलव १२ अङ्कले घटेको छ । सोमबार नेप्से ६ अङ्कभन्दा धेरैले घटेर १५ सय ६९ दशमलव ०६ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

सोमबार उत्पादनमूलक समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६७ दशमलव ८५ अङ्कले घटेको छ । सोमबार दिनभर दुई अर्ब ६३ करोड ७३ लाख रुपैयाँ बराबरका ८५ लाख ६५ हजार कित्ता शेयर किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको २१ करोड ३८ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । बजार घटेको दिन पनि सोमबार युनाइटेड फाइनान्स लिमिटेडका शेयर लगानीकर्ता १० प्रतिशत कमाएका छन् ।

लिवर्टी इनर्जी कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन् । उज्यालो अनलाइन

Next Post

जुम्लामा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसी काठमाण्डौ प्रस्थान

२०७७ आश्विन ५, सोमबार १७:५५
जुम्ला । जुम्लामा आठ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी काठमाण्डौ जान जुम्लाबाट नेपालगञ्जबाट पुग्नुभएको छ । डा। केसीले विज्ञप्ति निकालेर काठमाण्डौबाटै सत्याग्रह जारी राख्ने निर्णय गरेपछि जुम्लाबाट उहाँ विमानमार्फत नेपालगञ्ज पुग्नुभएको हो । डाक्टर केसीकै इच्छानुसार उहाँलाई चिकित्सकको साथमा पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । […]